arrow

खड्काले भारतीय समकक्षी जयशंकरलाई भेटे

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ११ सोमबार
s-jaysankar-narayan-khadka.JPG

काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतीय समकक्षी डा. एस जयशङ्करसँग भेटवार्ता गरेका छन् ।  संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिन न्युयोर्क पुगेका परराष्ट्र मन्त्री डा. खड्काले भारतका बाह्य मामिला मन्त्री डा जयशङ्करसँग भेटवार्ता गरेका हुन् ।

भेटमा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ गर्ने विषयका साथै दुई पक्षीय एवं बहुपक्षीय मामिलाबारे कुरा भएको न्युयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ । मन्त्री डा खड्काले नेपालको सामाजिक, आर्थिक विकासका निम्ति भारत सरकारबाट निरन्तर प्राप्त सहयोगप्रति कृतज्ञता ज्ञापन गरेका थिए   । 

 “दुवै देशका परराष्ट्रमन्त्रीले कोभिड–१९ ले नेपाल र भारतका जनताको जीवन र आजीविकामा निम्त्याएको चुनौतीको मिलेर सामना गर्न सहमति जनाउनुभयो ।” नियोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ