arrow

झुन्डिएर मृत्यु भनिएको घटनामा ३ लाख तिरेर हत्या गरेको पुष्टि, मुख्य योजनाकार फरार

logo
प्रिमेश शिवाकोटी,
प्रकाशित २०७८ असोज ११ सोमबार
murder-.JPG

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका ३ गैंडाटार स्थित कालापानी सामुदायिक वनमा रोहिणी प्रसाद घोरासैनी झुन्डिएर मृत्यु भएको भनिएको घटना सुनियोजित हत्या रहेको प्रहरी अनुसन्धानले देखाएको छ । सोमबार इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा पत्रकार सम्मेलन मार्फत हत्या गर्ने अभियुक्तहरू सार्वजनिक गर्दै प्रहरीले ३ लाख रुपैयाँ दिएर सुनियोजित रूपमा घोरासैनीको हत्या भएको जनाएको छ ।
 
व्यक्तिगत रिसईबिका कारण पैसा तिरेर हत्या गरेको आरोपमा प्रहरीले गैंडाटार घर भई हाल चन्द्रपुर न.पा वडा नं. ४ कप्तान टोल बस्ने सहदेव भन्ने डोल प्रसाद वोलखे,गैडाटारकै वर्ष ४५ को प्रह्लाद फु याल, जिल्ला सिन्धुली पिपलमाडी गाविस वडा नं ९ घर भई हाल जिल्ला पर्सा, पर्सागढी न.पा वडा नं ३ सृजना टोल बस्ने वर्ष २४ को रमेश पहरी र जिल्ला नवलपरासी (पूर्वी) कावासोती न.पा.वडा नं.८ बस्ने.वर्ष २३ को सूर्य बहादुर भण्डारीलाई सार्वजनिक गरेको छ । घट्नाका मुख्य योजनाकार सहदेव भनिने डोल प्रसाद बोलखे भने फरार छन् । 

मृतक रोहिणी प्रसाद घोरासैनीको बुबा भिमदत्त घोरासैनी धामी झाँक्री रहेको र सोही गाउँका अभियुक्त सहदेव भन्ने डोल प्रसाद बोलखेको घर परिवारका मानिसहरू बिरामी हुने गरेकाले निजले मृतकको बुबालाई नै आरोप लगाई यिनले नै बिरामी पारि दिने गरेको रिसईवी लिई राखेको थिए र २०६३-२०६४ सालमा मृतकको बुवालाई आक्रमण गरी घाइते समेत बनाएका थिए । 

निज सहदेव बसाई सराई गरे तापनि उसको मनबाट मृतकको घर परिवारबाट रिसईवी हट्न नसकेपछि रिसईवी साध्नको लागि सोही टोलका अर्का अभियुक्त प्रह्लाद फुयाँल सँग रोहिणी प्रसाद घोरासैनीलाई मार्नका लागि ३ महिना अगाडी ३ लाख दिएर हत्याको योजना बनाएका थिए । 

 ४ जना मिलेर हत्या गरि रुखमा झुन्डाएर आत्महत्या देखाउने प्रयास गरेर उम्कने रणनीति बनाएको जिल्ला प्रहरी कार्यालय,रौतहटका प्रमुख विनोद घिमिरेले बताए । प्रहरीले घटनाको अनुसन्धान गर्न प्रहरीको कुकुरसमेत प्रयोग गरेर हत्यारा पक्राउ गर्न सफल भएको बताउँदै एसपी घिमिरेले अरू पनि संलग्न छन् कि भन्नेबारेमा थप अनुसन्धान भइरहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ