arrow

पाल्पामा पौडेल पक्षको वर्चस्व, तानसेन नगरमा सहमति खोजिँदै

९ स्थानीय तहमा काँग्रेसको अधिवेशन सकियो

logo
सीता डोटेल,
प्रकाशित २०७८ असोज ११ सोमबार
palpa-canided.JPG

पाल्पा । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत शनिवार भएको पालिका स्तरीय अधिवेशन पाल्पाका ९ वटा स्थानीय तहमा सकिएको छ । १० वटा स्थानीय तह रहेको पाल्पा सदरमुकाम तानसेन नगरपालिका बाहेक अन्य ९ पालिकामा शनिवार नै नेतृत्व चयन भएको हो ।

 जिल्लाको पालिका अधिवेशन सकिएका स्थानीय तहमध्ये रामपुर नगरपालिका र रिब्दीकोट गाउँपालिकामा मुख्य पदहरूमा निर्वाचन भएको थियो । अन्य पालिकामा सर्व सहमतिमै नयाँ नेतृत्व चयन भएको नेपाली काङ्ग्रेस पाल्पाले जनाएको छ । रामपुर र रिब्दीकोटमा मुख्य पदहरूको लागि मतदान भएको हो । 

जिल्लाको तानसेन नगरपालिकामा उद्घाटन सत्र मात्र सम्पन्न गरेर बन्द सत्र सुरु नहुँदै १४ औँ नगर अधिवेशन स्थगित भएको हो । निर्वाचन भएको नेपाली काँग्रेस रामपुर नगर कार्यसमितिको सभापतिमा पुनः नेत्र प्रसाद भट्टराई निर्वाचित भएका छन् । रामपुरमा सभापति, उपसभापति, सचिव र सहसचिव पदमा मतदान भएको हो ।

काङ्ग्रेसको विधान अनुरूप नगर समिति चयनमा प्रतिनिधि आउनुपर्ने यो पटक व्यवस्था गरेको थियो । क्षेत्रीय प्रतिनिधि र वडा सभापतिले मत दिन पाउने व्यवस्था अनुसार २१२ मतदाता मध्य २०८ मत खसेको थियो । जस अन्तर्गत सभापति पदमा भट्टराईले १ सय २५ र प्रतिस्पर्धी अर्जुन प्रसाद रेग्मीले ८२ मत प्राप्त गरेका हुन् । नगर उपसभापतिमा देव बहादुर थापा मश्राङ्गी र ज्ञान प्रसाद भण्डारी निर्वाचित भएका छन् । सचिवमा चिरञ्जीवी सिग्देल र ओम प्रकाश बस्याल र सहसचिवमा आवास भट्टराई र राजन सुनार चयन भए । अन्य पदमा निर्विरोध निर्वाचित भएका थिए ।

निर्वाचन नै भएको रिब्दीकोट गाउँपालिकाको सभापतिमा रामचन्द्र पाण्डे निर्वाचित भए । पाण्डे निर्वाचनको माध्यमबाट निर्वाचित भएका हुन् । सभापति पदमा रामचन्द्र पाण्डेले ९७ मत र प्रतिस्पर्धी इन्द्र पाण्डेले जम्मा ७ मत प्राप्त गरेका थिए । अन्य पदाधिकारी सर्व सहमतिमा चयन भएको हो । उपसभापतिमा कृष्ण पोखरेल र खड्क बहादुर थापा, सचिवमा कमल थापा र विनोद खनाल, सहसचिवमा नर बहादुर बुचा चयन भए ।

नेपाली काँग्रेस निस्दी गाउँपालिकाको सभापतिमा पूर्ण बहादुर खाँण सर्वसम्मत रूपमा चयन भए । गाउँ कार्यसमितिको उपसभापतिमा शिव प्रसाद अर्याल उपाध्याय, प्रेम बहादुर सिइजाली, सचिवमा विजय अर्याल, नरेन्द्र बहादुर आले, सहसचिवमा इजर सिं सोती र अर्जुन सोमै चयन भएका छन् ।

पूर्व खोलाको वडा नं. ३ आठविसे फाँटमा भएको पुर्वखोला गाउँपालिकाको अधिवेशनले विष्णु कुमारी आचार्यलाई सभापतिमा सर्वसम्मत चयन गरेको छ । यस्तै उपसभापतिमा दुर्गा बहादुर थापा र मेघराज थापा , सचिवमा भूपाल पङ्गेनी र ऋषिराम ढेंगा , सहसचिवमा जगत हिस्की र नवराज श्रेष्ठ , कोषाध्यक्षमा अमर रानालाई सर्व सहमतिमा चयन गरेको छ । सभापति आचार्य जिल्ला कै एक मात्र पालिका महिला सभापति चयन भएकी हुन् ।

नेपाली काङ्ग्रेस माथागढी गाउँपालिकाको सभापतिमा दीपक थापा सर्वसम्मत रूपले सभापतिमा चयन भए। उपसभापतिमा इन्द्र कुमार सुनारी, महेन्द्र बहादुर जि.सी., सचिवमा सावित्री ज्ञवाली पन्थी, सुरेन्द्र बहादुर ढेंगा, सहसचिवमा किरण अधिकारी,डम्बरबहादुर वाकावल चयन भएको जनाइएको छ ।

जिल्लाको रम्भा गाउँपालिकामा पनि सर्व सहमतिमा समिति चयन भएको छ । ऋषिराम अर्यालको सभापतित्वमा गाउँ कार्यसमिति चयन भएको हो । उपसभापतिमा विष्णु केसी, सुमन पाण्डेय, सचिवमा विष्णु प्रसाद श्रेष्ठ, ईश्वर काफ्ले, सहसचिवमा सुर बहादुर सुनारी, देव बहादुर सारू चयन भए ।

नेपाली काँग्रेसको शनिवार भएको १४ औँ गाउँ अधिवेशनले बगनासकाली गाउँपालिकाको सभापतिमा थानेश्वर तिमिल्सेनालाई सर्वसहमतवाट निर्वाचित गरेको छ । समितिको उपसभापतिमा विष्णु प्रसाद बस्याल र विष्णु माया चिदी, सचिवमा राजेन्द्र राना र राजेन्द्र प्रसाद बस्याल, सह सचिवमा शोभाखर शर्मा र कमल भट्टराई, कोषाध्यक्षमा पशुपति अधिकारीलाई चयन गरेको हो । 

यता तिनाउ गाउँपालिकाको गाउँ अधिवेशनले प्रेम पाण्डेको नेतृत्वमा सर्व सहमतिमा गाउँ समिति चयन गरेको छ । गाउँ कार्यसमितिको उपसभापतिमा पदम बहादुर कार्की र सन्तोष शेरचन, सचिवमा गोपाल सिं चौहान र विनोद खत्री, सहसचिवमा राज कुमार सारू चयन भएका छन् ।

नेपाली काँग्रेस रैनादेवी छहरा गाउँपालिकाको सभापतिमा विष्णु पोखरेल चयन भएका छन् । शनिवार भएको गाउँ अधिवेशनले पोखरेलको नेतृत्वमा समिति निर्विरोध चयन गरेको हो । उपसभापतिमा हरि प्रसाद पोखरेल, हुम बहादुर रेश्मी, सचिवमा विश्राज पन्त, राजेश कार्की, सह सचिवमा सुकमाया विक, गोपाल पौडेल चयन भएका हुन् । नगर निर्वाचन स्थगित भएको सदरमुकाम तानसेन नगरपालिकाको निर्वाचनमा सहमति खोजिएको छ । 
  
बुधबार सम्ममा समिति निर्वाचित भइसक्ने निर्वाचन समितिले जनाएको छ । सहमति नजुटे निर्वाचनमा जानेछ । तानसेनमा उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष मोहन प्रसाद श्रेष्ठ र सुवर्णमुनी शाक्य नगर सभापतिको मैदानमा छन् । सहमतिमा कोही हट्न नमानेपछि शनिवारको चुनावी प्रक्रिया स्थगित भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ