arrow

सन्देश पढेर सकियो प्रतिनिधिसभा बैठक : एमालेको अवरोध कायमै 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ११ सोमबार
parliament_of_nepal.png

काठमाडौं । प्रतिनिधिसभाको बैठक राष्ट्रपतिबाट प्रमाणीकरण भएका विधेयक सम्वन्धि सन्देश पढेर सकिएको छ । प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधकै बीच बैठक सुरु गरिएको थियो ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद्को दुवै सदनबाट पारित भई आएका विनियोजन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको सन्देश प्रतिनिधिसभामा पढेर सुनाएका थिए ।

त्यस्तै राष्ट्रियसभाबाट सुझावसहित पारित भएको आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक २०७८ प्रतिनिधिसभामा फिर्ता भई आएको सन्देश सुनाइएको थिए ।

ती सन्देश सुनाए लगत्तै सभामुख सापकोटाले प्रतिनिधिसभाको बैठक स्थगित गरेका हुन् । उनले अर्को बैठक १४ असोज दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको जानकारी दिए ।

२३ भदौबाट सुरु प्रतिनिधि सभाको बैठकमा एमालेको निरन्तर अवरोध हुँदै आइरहेको छ । उनीहरुले बैठक सुरु हुने बित्तिकै बेल घेराउ गरी नाराबाजी गर्दै आइरहेका छन् ।

एमालेको निरन्तरको अवरोध हटाउने विषयमा भने सत्तारुढ दल तथा सभामुखका तर्फबाट कुनै पहल भएको देखिँदैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ