arrow

युवा उद्यमी सौरभ दुगर प्रबल जनसेवा श्रीबाट सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ११ सोमबार
saurabh-dugar-kl.jpg

काठमाडौँ। के एल दुगर ग्रुपका निर्देशक सौरभ दुगरलाई प्रबल जनसेवा श्री मानपदवीबाट विभूषित गरिने घोषणा गरिएको छ। संविधान दिवसको अवसरमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीबाट युवा उद्यमी तथा समाजसेवी मध्य मै सौरभ दुगरलाई उक्त सम्मानको घोषणा गरिएको हो। 

मुलुकमा युवा उद्यमशीलताको विकास, समग्र औद्योगिक ब्यवसायिक क्षेत्रको विकासमा युवा उद्यमी सौरभ दुगरले महत्त्वपूर्ण कार्य गर्दै आएका छन्। युवा तथा जाँगरिला उद्यमी सौरभ दुगर सामाजिक सेवाका क्षेत्रमा पनि त्यत्तिकै सक्रिय छन्। समाज तथा समग्र औद्योगिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर स्वरूप सौरभ दुगरलाई सो मानपदवी प्रदान गरिने भएको कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ