arrow

संसदमा एमालेको अवरोध कायमै : १९ असोजसम्म संसद स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १४ बिहिबार
sansad-@@@.jpg.jpeg

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा अवरोध कायम राखेको छ । प्रतिनिधिसभाको आज बिहीबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नासाथ प्रमुख प्रतिपक्षी दल एमालेले नारावाजी गर्दै बेल घेराउ गरी अवरोध गरेको हो ।

एमालेले पार्टीले १४ सांसदलाई गरेको कारबाहीको सूचना संसदमा टाँस नगरेको भन्दै सभामुखसँग आक्रोशित हुँदै आइरहेको छ । सभामुख सापकोटाले भने एमालेको अवरोधकैबीचमा राजनीतिक दलसम्बन्धी अध्यादेश सरकारले खारेज गरेको तथा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रमाणित गरेको सूचना पढेर सुनाएका थिए ।

यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महालेखापरीक्षकको प्रतिवेदन संसदमा पेस गरेका थिए ।

एमाले सांसदको नाराबाजी जारी रहेपछि यही असोज १९ गते दिउँसो १ बजेसम्मका लागि सभामुख सापकोटाले बैठक स्थगित गरेका छन् । त्यसपछि सभामुख सापकोटाले १९ असोज दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ