arrow

एमालेको नाराबाजीका बीच प्रतिनिधि सभामा महालेखा परीक्षकको प्रतिवेदन पेस

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १४ बिहिबार
samsad-uml.JPG

काठमाडौँ । प्रतिनिधि सभाको बिहीबारको बैठक  पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोधका कायमै राख्दा सुचारु हुन सकेको छैन । 

बैठक प्रारम्भ हुनासाथ सदाझैँ प्रतिपक्षी दल एमालेका सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका थिए । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरुद्ध नगरी सदनको काम कारबाही अघि बढाउने सन्दर्भमा सहयोग गर्न आग्रह गरे । उनले अदालतमा विचाराधीन विषयमा सदनमा छलफल हुन नसक्ने कुरा प्रतिनिधिसभा नियमावलीमा व्यवस्था रहेको स्मरण गराएका थिए ।

अवरोधकै बिचमा सभामुख सापकोटाले राजनीतिक दलसम्बन्धीको अध्यादेश खारेजी र विधेयक प्रमाणीकरणसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको ब्यहोरा पढेर सुनाए । प्रमाणीकरण गरिएको विधेयकहरूमा आर्थिक विधेयक-२०७८ र राष्ट्र ऋण उठाउने विधेयक- २०७८ छन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महालेखा परीक्षकको ५८औँ वार्षिक प्रतिवेदन-२०७८ पेस गरे ।

नेकपा (एमाले)ले अधिवेशन प्रारम्भ भएदेखि नै आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको कारबाही प्रक्रिया अघि बढाउन माग गर्दै संसद्मा अवरोध जारी राखेको छ । प्रतिनिधिसभाको अर्को बैठक यही असोज १९ गते १ बजे बस्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ