arrow

भारतीय वैज्ञानिकले हाइड्रोजन उत्पादन गर्ने अणुशक्ति यन्त्र बनाए 

सूर्यको प्रकाश र पानीको प्रयोग गरी हाइड्रोजन उत्पादन गर्ने अणुशक्ति उत्पादन यन्त्र को विकास

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १५ शुक्रबार
hydrogen.jpg

आइएनएन । भारतीय वैज्ञानिकहरूको एक टोलीले पहिलो पटक ठुलो मात्रामा अणुशक्ति उत्पादन यन्त्रको विकास गरेका छन्। यस यन्त्रले सूर्यको प्रकाश र पानी जस्ता दिगो स्रोतहरूको उपयोग गरी पर्याप्त मात्रामा हाइड्रोजन उत्पादन गर्न सक्दछ।

यस यन्त्रले ८ घण्टामा ६.१ लिटर हाइड्रोजन उत्पादन गर्न सक्दछ। यस कारण यो प्रक्रिया निकै लागत प्रभावी र दिगो प्रक्रिया हो। नानो विज्ञान र प्रविधि संस्थान (आईएनएसटी), मोहाली का टोलीले यसको विकास गरेका हुन्।

यस यन्त्रबाट उत्पादित हाइड्रोजनद्वारा दुर्गम आदिवासी क्षेत्रमा इन्धनको प्रयोग गरी बिजुली उत्पादन गर्न सकिनेछ।

अन्ततः यसले ट्रान्सफर्मर र विद्युतीय सवारी साधनलाई आवश्यक ऊर्जा पनि प्रदान गर्न सक्दछ। विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार यस दिशा तर्फ दीर्घकालीन अनुसन्धान गरिनेछ।

कमलाकन्नन कैलासमको नेतृत्वमा रहेको टोलीमा अशोक के गंगुली, विवेक बाग्ची, सन्यासिनाडू बोड्डू, प्रकाश पी एन र मेनका झा सामेल छन्।

वैज्ञानिकहरूले यस प्रयोजनका लागि पृथ्वीमा प्रचुर मात्रामा पाइने कार्बन नाइट्राइड नामक रसायनको प्रयोग गरेका छन्।

मन्त्रालयका अनुसार यसभन्दा अघि पनि थुप्रै अनुसन्धानकर्ताहरुले जटिल धातु अक्साइड/नाइट्राइड/सल्फाइड को प्रयोग गरी यस यन्त्र को विकास गर्ने प्रयास गरेका थिए। तर सो प्रयोग बाट धेरै मात्रा मा पुनः उत्पादन गर्न धेरै गाह्रो भएको थियो।

आईएनएसटी टोलीले कम लागत पर्ने कार्बन नाइट्राइड प्रयोग गरी यस प्रक्रियाको सफलतापूर्वक सञ्चालन गरेका थिए। यो रसायन यूरिया र मेलामाइन जस्तै सहज रूपमा पाइन्छ।

सूर्यको प्रकाश यस यन्त्रमा पर्दा इलेकट्रोन, र प्वाल उत्पन्न हुन्छन्। इलेकट्रोनलाई परिवर्तन गरी हाइड्रोजन उत्पादन गरिन्छ। केही रसायनले प्वाललाई भर्ने काम गर्दछ‌। यदि प्वाल बन्द नगरिए तिनीहरू इलेकट्रोन सँग पुनः संयोजन हुनेछन्।

डीएसटी नानो मिसन एनएचिटीपीले यस परियोजनालाई समर्थन प्रदान गरेको छ। विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार यस प्रविधिको आधिकारिक हक का लागि प्रक्रिया सुरु गरिएको छ।

आईएनएसटी टोली यस प्रक्रियामा केही समय देखि काम गरिरहेका थिए।

टोली का नेतृत्व कमलाकन्ननले भने, "ऊर्जा सङ्कट र जलवायु परिवर्तन सङ्कटले हामीलाई यस क्षेत्र काम‌ गर्न प्रेरित गर्‍यो। कार्बन नाइट्राइड मा विभिन्न जैविक समूहहरू को स्थिरता र रासायनिक विशेषता का कारण हाइड्रोजन उत्पादन गर्न सकिने र यो निकै लागत प्रभावी जैविक रसायन भएको ले हामी ले यस तर्फ आफ्नो ध्यान केन्द्रित गरेका हौँ।"

आईएनएसटी टोलीले लेब स्केल प्रक्रियाबाट एक ठुलो प्रोटोटाइप यन्त्रको निर्माण गरी हाइड्रोजन उत्पादन सुरु गरेको हो।

सो यन्त्रको क्षेत्रफल १ मिटर वर्ग रहेको छ। यसमा केही प्यानल जडान गरिएका छन् जसमा पानी को प्रवाह बनाइएको छ। सूर्यको प्राकृतिक किरण विकिरण पर्दा हाइड्रोजन उत्पादन हुन्छ र ग्याँस क्रोमैटोग्राफीको माध्यमबाट मात्रा निर्धारण गरिन्छ।

टोली सूर्यको प्रकाश उपलब्धता अनुसार हाइड्रोजन उत्पादन अनुकूलन गर्ने प्रक्रियामा छन्। विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार टोली हाल शुद्ध हाइड्रोजन, नमी जाल, र ग्यास अलग गर्ने झिल्ली निर्माण गर्न लागिपरेका छन्।
 



नयाँ