arrow

मकवानपुरमा चाडपर्व लक्षित सुरक्षा योजना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १६ शनिबार
hetauda-vehicles.jpg
फाइल तस्विर।

हेटौँडा। मकवानपुर जिल्ला प्रशासन कार्यालयले दसैँ, दिपावली र छठ पर्वलाई लक्ष गरी सुरक्षा योजना बनाएको छ । नेपालीको प्रमुख चाडपर्वका बेला जिल्लाभित्र शान्तिसुरक्षा कायम राख्न र कोभिड–१९ कf कारण जनस्वास्थ्यको सुरक्षाका लागि पनि उक्त योजना ल्याइएको हो । 

कार्यालयद्वारा जारी सुरक्षा योजनाअनुसार सार्वजनिक यातायातका साधनमा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढ्ने गरी क्षमताभन्दा बढी यात्रु राख्न रोक लगाइने र आवतजावतका क्रममा यात्रु ठगिने अवस्था आउन नदिन तथा हैरानी हुने अवस्था आउन नदिन हेटौंडा उपमहानगरपालिका क्षेत्रको बसपार्क र चौकी टोलमा रहेको सुमो काउन्टरमा ट्राफिकसहितको चाडपर्व लक्षित नागरिक सहायता कक्ष सञ्चालन गरिने बताइएको छ ।

यसैगरी ट्राफिकमार्फत सचेतनामूलक सन्देश जारी गरिनाका साथै बजारमा हुनसक्ने कालोबजारी, अस्वाभाविक मूल्यवृद्धि र  कृत्रिम अभाव हुन नदिन अनुगमन गरी कारबाही गरिने प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए । त्यस्तै कोभिड सङ्क्रमणको जोखिमीलाई ध्यानमा राखी सबै प्रकारका मेला, महोत्सव ,साङ्गीतिक कार्यक्रम, चिट्ठा बिक्री वितरण एवं चिट्ठा खोल्ने कार्यक्रममा पूर्ण रोक लगाइने भएको छ । 

जुवा, तास र कौडा खेल्ने कार्य रोक्नाका लागि  निरन्तर अनुगमन गरिने र मठमन्दिरलगायत अन्य धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड अवलम्बन गरी गराउन भिडभाड नहुने स्थिति सिर्जना गरिने बताइएको छ ।सुरक्षित एवं भयरहित वातावरणमा जनस्वास्थ्य मापदण्डको पालना गर्दै चाडपर्व मनाउन पनि कार्यालयले अनुरोध  गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ