arrow

सङ्खुवासभा काँग्रेस सभापतिमा दीपक खड्का

logo
रासस
प्रकाशित २०७८ असोज १८ सोमबार
Deepak-khadka-congress.jpg

किमाथाङ्का । नेपाली काँग्रेसको १४औँ जिल्ला अधिवेशनबाट सभापतिमा दीपक खड्का निर्वाचित भएका छन् । 

एक हजार १९८ मत ल्याएर खड्का विजयी भएका हुन् भने खड्काका निकटतम प्रतिस्पर्धी राईमान राईले ११० मत प्राप्त गरेका छन् । खड्काले राईलाई एक हजार ८८ मत अन्तरले पराजित गरेका हुन् । 

खड्का २०७० सालमा सङ्खुवासभा क्षेत्र नं २ बाट संविधानसभामा निर्वाचित भई खानेपानी तथा सरसफाइ राज्यमन्त्री भएका हुन् ।

उपसभापतिमा रामकुमार जिमी ९१६, अनन्त गौली ६७०, सचिवमा टकमान घले एक हजार ४५ र कुमारबाबु अधिकारी ७४३ ल्याएर विजयी भएका छन् ।

सहसचिवमा किशोरकुमार गुरुङ ६६७ र सुवास कालाखेती ६०५ मत ल्याएर विजयी भएका छन् । जिल्ला कार्यसमिति चयनका लागि सहमति नभएपछि शनिवार मतदान भएको थियो । 

जिल्ला कार्यसमितिमा ४२ र केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि २६ पदका लागि मतदान भएको हो । केन्द्रीय महाधिवेशन प्रतिनिधिको मतगणना आइतबार रातिबाट रोकिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ