arrow

एमाले सांसदको नाराबाजीकै बीच दलित आयोगको बार्षिक प्रतिवेदन संसदमा पेश

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १९ मंगलबार
gyandra.JPG

काठमाडौं । मंगलबार दिउँसो बसेको प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेका छन् ।

दिउँसो १ बजे बैठक शुरु हुनसाथ एमाले सांसदहरुले रोष्टममा आएर नाराबाजी शुरु गरेका थिए । नाराबासीकै बीच प्रधानमन्त्री शेर बहादुर देउवाकातर्फबाट राष्ट्रिय दलित आयोगको बार्षिक प्रतिवेदन २०७६÷७७ कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की प्रश्तुत गरेका छन् ।

उक्त प्रतिवेदन पेश हुनसाथ सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको अर्को बैठक, २०७८ असोज २२ गते शुक्रबार दिनको १ बजे बस्नेगरी मंगलबार आजको बैठक स्थगित गरेका छन् । 



नयाँ