arrow

दार्चुलाका प्रहरी प्रमुखसहित ११ प्रहरी पुरस्कृत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २० बुधबार
darchula-police.JPG

दार्चुला । नेपाल प्रहरीको ६६ औँ स्थापना दिवसको अवसरमा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ । 

दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टलाई जिल्लाको शान्ति, सुरक्षा र समन्वयमा उत्कृष्ट तवरले कार्य सम्पादन गरेको भन्दै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले सम्मान गरेको छ । 

प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय दार्चुलाले प्रहरी निरीक्षक पुष्कर सिंह ऐरी, प्रहरी सहायक निरीक्षक नैनसिंह पन्त, जनक बहादुर सिंह र यज्ञ बहादुर खड्का, प्रहरी हवलदार विष्णु सिंह कार्की, प्रहरी जवान कृष्णगामा मगर, राजकुमारी चौधरी, सरोज विक, जित बहादुर खड्का र सुरेश बहादुर ऐरलाई उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत तथा सम्मान गरिएको हो । 

दिवसकै अवसरमा भूतपूर्व प्रहरी कर्मचारीहरूलाई समेत सम्मान गरिएको छ । पूर्व प्रहरी कर्मचारी तथा ज्येष्ठ नागरिक दिलानन्द बडूलाई सम्मान गरिएको हो । यस्तै प्रहरीलाई जग्गा दान गर्ने दुई जना जग्गादातालाई पनि सम्मान गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ