arrow

साइकल खरिदमा अनियमितताको आरोप लागेका मुख्यमन्त्री राउतले भने - खरिद नियम सङ्गत 

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७८ असोज २० बुधबार
Lalbabu-raut-cheif-minister.jpg

जनकपुरधाम ।  प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले  'बेटी पढाऊ, बेटी बचाउ' कार्यक्रमको लागि खरिद गरेको साइकल सार्वजनिक खरिद ऐन अनुसार नियम सङ्गत रहेको बताएका छन् ।  बुधबार प्रदेश सभाको बैठकमा विपक्षी दलका प्रदेश सभा सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राउतले इ-विडिङ्ग मार्फत खरिद गरिएको साइकलमा कुनै अनियमितता नरहेको दावी गरे। 

मुख्यमन्त्री राउतले साइकल खरिदमा अनियमितता भएको भनी विभिन्न पक्षबाट उठाइएको प्रश्न कपोलकल्पित र पूर्वाग्रही मात्र रहेको  बताए । दुई चरणमा खरिद गरिएको साइकल मध्ये पहिलो चरणमा ओम सत्य साइ प्राली पर्साले  रु ५ हजार ७ सय , सान्यो इन्टरनेशनल जेभी काठमाडौँ रु ७ हजार ५ सय ७६ , द डिजाइनर्स नेपाल जे भि भरतपुर रु ६ हजार ८ सय ३१ , म्याप इन्टरप्रिन्युर्स काठमाडौँले रु ६ हजार १ सय ५०, र विकास जेनरल ट्रेडिङ्ग रु ८हजार ५ सय १ कवोल गरेकोमा न्युन्तम कबोल गर्ने  ओम सत्य साइ प्राली पर्सालाई टेण्डर दिइएको तथ्याङ्क मुख्यमन्त्री राउतले  प्रस्तुत गरेका छन् ।

No description available.
 
त्यसै गरि दोस्रो चरणमा गरिएको टेन्डरमा ओम सत्य साइ प्राली पर्सा ले रु ७ हजार ५ सय , सान्यो इन्टरनेशनल जेभी काठमाडौँ रु ७ चार सय ७५ कबोल गरेको तथा म्याप हेलिक्स जेभिको कबोलमा प्राविधिक त्रुटि देखिएकोले न्यूनतम कबोल गर्ने  सान्यो इन्टरनेशनल जेभी काठमाडौँ सँग सम्झौता गरि खरिद गरिएको बताए।

सार्वजनिक खरिद ऐन अनुरूप इ-विडिङ्ग मार्फत खरिद गरिएको साइकलमा अनियमितता भएको भन्नु आफैमा हास्यास्पद, कपोलकल्पित र पूर्वाग्रही रहेको मुख्यमन्त्री राउतको कथन  थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ