arrow

परराष्ट्रमन्त्री खड्कालाई भेटे भारतीय राजदूतले, कोभिसिल्ड खोप चाँडै आउने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २० बुधबार
binaya mohan pradip.jpg

काठमाडौँ । परराष्ट्र मन्त्री डा. नारायण खड्का र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबिच भेटवार्ता भएको छ । भारतीय राजदूत क्वात्राले परराष्ट्र मन्त्रालयमै विदेश मन्त्री खड्कासँग भेट गरेका हुन् ।

भेटका क्रममा द्विपक्षीय सम्बन्धको सबै महत्त्वपूर्ण पहलहरूका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । यस्तै अर्को सातासम्म कोभिसिल्ड खोपको आपूर्तिका विषयमा समेत छलफल भएको परराष्ट्रले जानकारी दिएको छ ।

गत फागुनमा सरकारले भारतको सेरम इन्स्ट्यिुटसँग खरिद सम्झौता गरेको २० लाख डोज कोभिसिल्ड खोपमध्ये १० ला डोज खोप आउन बाँकी छ । सोही खोप सम्भवतः अर्को साता नेपाल भित्रिने भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ