arrow

प्रदेशसभामा राउतलाई सोनलको प्रश्न - भ्रष्टाचार छानबिन गर्दा सङ्घीयता कसरी धरापमा पर्छ ?

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७८ असोज २० बुधबार
jitendra-sonal.jpg

जनकपुरधाम। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलका नेता जितेन्द्र सोनलले भ्रष्टाचार छानबिन गर्न अख्तियारले छापा मार्दैमा सङ्घीयता समाप्त नहुने बताएका छन् । 

बुधवारको प्रदेशसभामा बोल्दै सांसद सोनलले ‘बेटी बचाउ, बेटी पढाऊ’ अभियान अन्तरगत साइकल खरिदमा भ्रष्टाचार भएको छैन भने प्रदेश मामिला समितिलाई कागजात दिन किन आनाकानी गरेको भन्दै थप प्रश्न गरे । 

समितिले पटक पटक कागजात मागे पनि मुख्यमन्त्री राउतले थाहा नभएको जस्तो गरेकोमा नेता सोनलले आपत्ति जनाए ।

लोसपाका संसदीय दलको नेता सोनलले मुख्यमन्त्री लालबाबु राउतमाथि प्रश्न गर्दै भने, ‘अख्तियारले सुरु गरेको छानबिन प्रभावित पार्न सङ्घीयता समाप्त पार्ने षड्यन्त्र भयो भनेर अफवाह नफैलाउनुस् । भ्रष्टाचार छानबिन गर्दा कसरी सङ्घीयता धरापमा पर्छ ?’

नेता सोनलले साइकल खरिदमा भ्रष्टाचार भएको जिकिर गर्दै अख्तियारलाई छानबिनका लागि मार्ग प्रशस्त गर्न मुख्यमन्त्री राउतसँग अनुरोध गरे । उनले करिब ८० दिनपछि बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राउतले छोरी बिमा कार्यक्रम बन्द भएको भनेर जानकारी गराएकोमा आपत्ति जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ