- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले दुई तिहाइको समर्थन पाएका छन् । जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेपछि मुख्यमन्त्री राउतले बुधवार विश्वासको मत मागेका थिए ।
प्रदेशसभामा भएको मतदानमा राउतको पक्षमा ७७ मत परेको छ । यो कूल प्रदेशसभा सदस्य सङ्ख्या १०४ को दुई तिहाइ हो । राउतलाई उनकै दल जसपासँगै सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र) तथा पाँच दलीय गठबन्धनमा रहेको नेकपा(एकीकृत समाजवादी)का सांसदले मत दिएका छन् ।
उनको विपक्षमा २३ मत परेको छ । राउतको विपक्षमा लोसपा र नेकपा (एमाले)का सांसदले मत दिएका हुन् । आजको मतदानमा प्रदेशसभाका १०० सदस्यले भाग लिएका थिए ।
प्रदेश सभामा कूल १०४ सभा सदस्यमध्ये जनता समाजवादी पार्टीका ३९, नेपाली काँग्रेस पार्टीका १९, लोकतान्त्रिक समाजवादी पार्टीका १६, नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी)का १३, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका ८, नेपाल कम्युनिस्ट पार्टी (एमाले) का ८ र नेपाल सङ्घीय समाजवादी पार्टीको एक सदस्य छन् ।
प्रदेश सभामा प्रत्यक्षबाट पुरुष ५७, महिला ४ गरी ६१ र समानुपातिकबाट पुरुष १० र महिला ३३ गरी ४३ जना निर्वाचित भएका हुन । प्रदेश सभामा सात वटा संसदीय दलहरू रहेको छ।