कीर्तिपुर नगरपालिकाले पायो कांग्रेसको नेतृत्व, सबै सर्वसम्मत
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २१ बिहिबार
1.6k
Shares
काठमाडौं । नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत कीर्तिपुर नगरपालिकाले नेतृत्व पाएको छ । कीर्तिपुरमा वडादेखि नगरस्तरसम्म सर्वसम्मत नेतृत्व चयन भएको हो ।
उक्त सहमति अनुसार कीर्तिपुर नगरपालिकाको सभापतिमा कृष्णमान डंगोल सर्वसम्मत निर्वाचित हुन सफल भएका छन् । त्यस्तै उपसभापतिमा सुदन बस्नेत र रजिता गौतम महर्जन निर्वाचित भएका छन् ।
सचिवमा इच्छा महर्जन लगायत निर्वाचित भएका छन् ।
मनोनित कोषाध्यक्षमा अर्जुन आचार्य सर्वसम्मत भएका छन् ।