- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मोरङ । सत्तारुढ गठबन्धनको बिहीबार बालुवाटारमा बसेको बैठकले प्रदेश १ मा मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीले पाउने सहमति भएसंगै राजेन्द्र राई मुख्यमन्त्री बन्ने लगभग पक्का भएको छ ।
केहि दिनभित्रै विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यतामा रहेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको सरकार ढल्ने निश्चित छ । त्यसपछि सरकारको नेतृत्व कसले गर्ने भन्ने यकिन नभइरहेको बेला गठबन्धनले प्रदेशको नेतृत्व नेकपा एमाले विभाजनपछि गठन भएको समाजवादीलाई दिने भएको हो ।
प्रदेश एकमा हाल एमाले नेतृत्वमा रहेको सरकारले असोज २४ गतेभित्र विश्वासको मत लिनुपर्नेछ । प्रदेश एकमा गठबन्धनको स्पष्ट बहुमत रहेकोले सरकार ढल्ने निश्चित छ ।
गठबन्धनमा सहमति जुटेसँगै प्रदेश १ मा समाजवादीका संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्री बन्ने निश्चित भएको छ । यसअघि नै एकीकृत समाजवादी पार्टीले राजेन्द्रलाई सम्बन्धित प्रदेशसभाको संसदीय दलको नेता चयन गरिसकेको छ ।