arrow

फ्रान्स नेसन्स लिगको फाइनलमा, बेल्जियममाथि सनसनीपूर्ण जित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २२ शुक्रबार
nations-cup-france-belgium-.JPG

काठमाडौं । फ्रान्स युएफा नेसन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको सेमिफाइनलमा बेल्जियलाई पराजित गर्दै फ्रान्स फाइनलमा पुगेको हो । 

२–० ले पछि परेको फ्रान्सले ६२ औं मिनेटदेखि गोल फर्काउन थालेको थियो । करिम बेन्जेमाले केलियन एमबाप्पेको पासमा गोल गर्दै २–१ को स्थितिमा ल्याए ।

६९ औं मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै २–२ गोलको बराबरीमा ल्याए । 

८७ औं मिनेटमा बेल्जियममा रोमेलु लुकाकुको गोल भने भीएआरले अवरोध गरेको थियो । उक्त गोल अफसाइड भएको थियो ।

इन्जुरी समयमा थियो हर्नान्डेजले गोल गर्दै फ्रान्सलाई ३–२ ले जिताए । 

यसअघि ३७ औं मिनेटमा केभिन डी ब्रुनेको पासमा यान्निक कारास्को र ४० औं मिनेटमा ब्रुनेकै पासमा रोमेलु लुकाकुले गोल गर्दै बेल्जियलाई फाइनल नजिक पुर्याएका थिए ।   

अब उपाधिका लागि फ्रान्सले आइतबार स्पेनसँग खेल्नेछ । स्पेनले इटालीलाई हराएर फाइनलमा स्थान बनाएको हो । 

फाइनल खेल सान सिरोमा हुनेछ । 



नयाँ