arrow

शुक्रबारको संसद बैठकमा संघीय निजामती सेवा विधेयक फिर्ता लिने प्रस्ताव

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २२ शुक्रबार
sanghiya-samsad.png

काठमाडौं । शुक्रबार बस्न लागेको प्रतिनिधिसभाको बैठकमा संघीय निजामती सेवा विधेयक-२०७५ फिर्ता लिने प्रस्ताव गर्ने कार्यसूचीमा राखिएको छ ।

संसद सचिवालयका अनुसार शुक्रबार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा विधेयक-२०७५ फिर्ता लिने प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, प्रधानमन्त्री देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएर प्रतिनिधिसभामा विचाराधीन ‘रेल्वे विधेयक, २०७६’ फिर्ता लिन राष्ट्रिय सभाको सहमतिको निमित्त प्रतिनिधिसभाको सिफारिश प्राप्त गर्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची पनि रहेको संघीय संसदको महासचिव डा.भरतराज गौतमले जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ