arrow

संसदमा शुक्रबार पनि एमालेको 'मुर्दावाद...'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २२ शुक्रबार
amale samsad.png

काठमाडौं। प्रतिनिधि सभामा नेकपा एमालेले आज शुक्रबार पनि अवरोध कायम राखेको छ। अहिले जारी बैठकमा नेकपा एमालेका सांसदहरुले ‘मुर्दावाद’को नारा लगाइरहेका छन्।

नेकपा एमालेका सांसदहरुको निरन्तरको अवरोधपछि २३ साउन यता संसद बैठक बस्दै स्थगित हुँदै आइरहेको छ।

जारी बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले संसदका कार्यहरु जनसरोकारका हुने भएकाले नियमित अवरोधले राम्रो नहुने भन्दै एमाले सांसदहरुलाई बैठकलाई सुव्यवस्थित गर्न अनुरोध गरेका छन्।

जारी बैठकमा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संघीय निजामती सेवा विधेयक २०७५ फिर्ताको प्रस्ताव राखेका छन्।

सरकारले गत १९ असोजमा बसेको मन्त्रीपरिषद् बैठकमार्फत सो विधेयक फिर्ता लिने निणर्य गरेको थियो। सो विधेयक प्रतिनिधि सभामा विचाराधिन रहँदै आएको छ।



नयाँ