arrow

प्रेम सुवाल भन्छन : खगेन्द्र संग्रौलाको बौद्धिक स्खलन देख्दा दुःख लाग्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २२ शुक्रबार
prem-suwall.JPG

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आफ्ना पार्टीका अध्यक्ष नारायणमान विजुक्छेको भनाईलाई तोडमोड गरिएकोप्रति आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको शुक्रवारको बैठकमा आफ्नो धारणा राख्दै सुवालले मजदुर किसान पार्टीले राजावादीको वकालत नगरेको दाबी गरे। लेखक खगेन्द्र संग्रौलाले विजुक्छेको भनाईलाई तोडमोड गरेर गलत ब्याख्या गरेको उनले बताए ।

‘सानो उमेरमा लगाएको लुगा अहिले ठीक हुँदैन। राजाहरुले जनतासँग मिलेर युद्धहरु गरेका थिए। हाम्रा अध्यक्षले यही बिचार राख्न खोज्नुभएको हो,’ सुवालले भने, उहाँ (खगेन्द्र संग्रौला) जस्ता लेखकको वौद्धिक स्खलन देख्दा दुःख लाग्यो,’ उनले भने ।

त्यस्तै सुवालले प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले पनि मन्त्रिपरिषदमा भाग खोजेको समाचार के हो भनि प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट  कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले त्यसमा सत्यता नभएको बताएका थिए । 

  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ