arrow

संसदमा उठ्यो प्रश्न : 'सरकारमा प्रधानन्यायाधीशले भाग मागेका हुन् ?'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २२ शुक्रबार
samsad-prem.jpg

काठमाडौं । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले मन्त्रिपरिषद्मा भा खोजेको भन्ने विषयले चर्चा पाएको छ ।

कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पेश गरेको प्रस्तावमाथि विरोधको प्रस्ताव पेश गर्दै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकार गठनका निम्ति प्रधानन्यायाधीशले भाग मागेको सम्बन्धमा स्पष्ट पार्न माग गरेका हुन् ।

सो प्रश्नको जवाफ दिदैँ कानूनमन्त्री कार्कीले सरकार गठनमा प्रधानन्यायाधीश भाग नमागेको स्पष्ट पारे । उनले सो कुरामा कुनै सत्यता नभएको भन्दै भ्रममा नपर्न आग्रह गरे।

उनले भने, ‘आफ्नो बोल्ने क्रममा उहाँले प्रधानन्यायाधीशले सरकारमा भाग मागेको भन्ने कुरा पनि उल्लेख गर्नुभएको छ । म यहाँलाई यो सम्मानित सदनमार्फत आग्रह गर्न चाहन्छु, यसमा कुनै सत्यता छैन । र यस किसिमको भ्रममा नपर्नका निमित्त म मान्यजीलाई आग्रह छ ।’

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा पनि यसअघिझैँ प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का सांसदहरुले संवैधानिक सर्वोच्चता कायम गर, पदीय मर्यादा कायम गर, पक्षपातपूर्ण व्यवहार बन्द गर, पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद, गैर सांसदलाई प्रवेश निषेध गर, यथास्थितिमा संसद चल्न सक्दैन, कालो धन चाहिदैन, देश बेच्न पाइदैन भनि चर्को नाराबाजी गरेका थिए ।

त्यस्तै सरकारले संघीय निजामति सेवा विधेयक २०७५ संसदबाट फिर्ता लिएको छ । मन्त्रिपरिषद्को असोज १९ गतेको बैठकले संघीय निजामति सेवा विधेयक २०७५ फिर्ता लिने निर्णय गरेको थियो । सरकारको सोही निर्णय अनुसार प्रतिनिधि सभाको शुक्रवारको बैठकमा प्रधानमन्त्री तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राखेको संघीय निजामति सेवा विधेयक २०७५ फिर्ता लिने प्रस्ताव प्रतिनिधि सभाको बहुमतले स्वीकृत गरेको छ ।

२०७५ सालमा दर्ता भएको विधेयक प्रतिनिधि सभाको राज्यब्यबस्था तथा सुशासन समितिमा लामो समय अड्केर सभाको पूर्ण बैठकमा पेश भएको थियो । यो बिधेयक नहुदा प्रदेश सरकारले प्रदेश निजामति सेवा सम्बन्धी कानून बनाउन पाएको छैन ।

त्यस्तै बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको समेत जिम्मेवारीमा रहेका प्रधानमन्त्री देउवाको तर्फबाट कानूनमन्त्री कार्कीले पेश प्रतिनिधि सभामा विचाराधीन रहेको रेल्वे विधेयक २०७६ फिर्ता लिन राष्ट्रिय सभाको सहमतिको निम्ति प्रतिनिधि सभाको सिफारिस प्राप्त गर्ने प्रस्ताव पनि बहुमतले स्वीकृत गरेको छ । प्रतिनिधि सभाको अर्को बैठक असोज २५ गते सोमवार दिउँसो २ बजे बस्ने भएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ