arrow

राप्रपाको जिल्ला अधिवेशनको मिति हेरफेर (तालिकासहित)

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २४ आइतबार
Raprapa-3leader.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले जिल्ला अधिवेशनको समय तालिका केही हेरफेर गरेको छ ।

तीन अध्यक्षसहित बसेको केन्द्रीय बिशेष समितिको बैठकले जिल्ला अधिवेशन गर्ने म्याद कार्तिक १४ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

राप्रपाले असोज २० गतेसम्म जिल्ला अधिवेशन गर्ने म्याद थपेकोमा उक्त अवधिमा ५२ जिल्लाको मात्रै अधिवेशन सम्पन्न भएपछि म्याद थप गरेको हो 

पार्टी अध्यक्षहरु डा प्रकाशचन्द्र लोहनी, पशुपति शमशेर राणा र कमल थापाको उपस्थितिमा बसेको केन्द्रीय बिशेष समितिको बैठकले जिल्ला अधिवेशनको मितिमा केही परिमार्जन भएको राप्रपाका केन्द्रीय सदस्य मोहन श्रेष्ठले जनाए ।

श्रेष्ठका अनुसार राप्रपाले सक्रिय सदस्यता वितरण, डिजिटल इन्ट्री, बाँकी जिल्लाको जिल्ला अधिवेशन, सातवटै प्रदेशको प्रदेश अधिवेशन र महाधिवेशन प्रतिनिधिको निर्वाचन गर्न यसअघिको कार्यतालिका परिमार्जन गरेको हो । तर कार्तिक २७–३० सम्म हुने महाधिवेशनको मिति भने यथावत रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ