arrow

समाज सेवामा क्रियाशील अध्यक्ष पदकी उम्मेदवार रबिना 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २४ आइतबार
rabina-nrna.jpg

काठमाडौँ । गैरआवासिय नेपाली सङ्घको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी रबिना थापा समाज सेवाको काममा व्यस्त भएकी छन् ।अध्यक्षका प्रत्याशी मतदाता आकर्षित गर्ने चलखेलमा लागिरहँदा थापा भने सामाजिक काममै व्यस्त भई रहेकी हुन्। धेरै वर्ष देखी व्यक्तिगत रूपले तथा संस्था हर्को संरक्षक भएर समाजसेवा मा तल्लीन रहेकी उनले अहिले त्यसैलाई निरन्तरता दिरहेको बताउँछिन् ।

उनले देशका विभिन्न ठाउँमा पुगेर पाठेघर र स्तन क्यान्सरको निःशुल्क परीक्षण कार्यक्रम गर्न लागेकी छन् । गैर आवासीय नेपाली दिवसको अवसर पारेर महिला तथा युवा विभागको संयोजकत्वमा र स्थानीय तहमा पोखरामा अन्तर्राष्ट्रिय कास्की समाज र म्याग्दीमा मोना संस्थाको सहयोगमा निःशुल्क पाठेघर सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गर्न लागेकी हुन्। यसै शिविरमा स्तन क्यान्सर सम्बन्धी परीक्षण पनि हुने अध्यक्ष पदकी उम्मेदवार थापाले जानकारी दिएकी छन्।

एनआरएनएको चुनावमा व्यस्त हुँदा हुँदै पनि उनले समाजसेवालाई पहिलो प्राथमिकतामा राखेको बताएकी छन् । चुवा नि प्रचार(प्रसारमा भन्दा पनि समाजलाई कसरी टेवा पुर्‍याउन सकिन्छ भन्नेमा आफूले समय दिई रहेको उनले बताइन। एनआरएनएलाई अझ बढी संवृद्ध बनाउनलाई रोजगारको सिर्जना गर्ने, मताधिकारको अधिकार सबैले पाउने जस्ता एजेन्डामा एनआरएनएका सदस्य उत्साहित भएका छन्।

उनले यसअघि चितवनको आदर्श महिला विकास केन्द्रलाई बालिका तथा महिला सशक्तीकरणको अभियान चलाउन ४ लाख १५ हजार ७ सय रुपैयाँ नगद सहयोग हस्तान्तरण गरिसकेकी छन्।

लुम्बिनीमा पर्यटन प्रवर्द्धनका लागि विशेष भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएकी छन्।उनले ९ अक्टोबर २०२१ शनिवार बेनी बजार म्याग्दीमा बिहान १० बजे देखी स्वास्थ्य शिविर सञ्चालन गर्दै छिन् भने १० अक्टोबर २०२१ आइतबार सारान्कोट पोखरा कास्कीमा बिहान १० बजे देखि शिविर चलाउँदै छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ