arrow

बिर्तामोडका मासु व्यवसायीको धारिलो हतियारबाट हत्या 

logo
युवराज रेग्मी,
प्रकाशित २०७८ असोज २५ सोमबार
crime.jpeg

झापा । झापाको बिर्तामोडमा आइतबार राति धारिलो हतियार प्रयोग गरी एक मासु व्यवसायीको हत्या भएको छ । बिर्तामोड ५ स्थित महानन्द चोकमा मासु पसल संचालन गर्दै आएका अर्जुनधारा ६ कप्तानबारी घर भएका अन्दाजी ५० वर्षीय इन्द्रक़ुमार मगरको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ ।

पसलमै बसेको बेला राति करिब ८ बजे उनको हत्या भएको स्थानीयले बताएका छन् । पसलभित्र हत्या गरिएको अवस्थामा  भेटिएका मगरको घाँटी र पाखुरामा गहिरो चोट लागेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

हाल प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरू गरेको  ईलाका  प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ