arrow

दशैं मनाउन गाउँ फर्किनेको लर्को : कोटेश्वर–जडिबुटीमा सवारीको चाप(फोटोफिचर)

logo
विना सुवेदी
प्रकाशित २०७८ असोज २६ मंगलबार
kathmandu-dashin1.jpg

काठमाडौं । दशैंलगायतका चाडपर्व मनाउन काठमाडौं उपत्यका छाड्नेको भीड फुलपातिसम्म पनि उस्तै छ । काठमाडौको नागढुङा र भक्तपुरको जगाती नाका हुँदै उपत्यका बाहिरीने सवारी साधनको चाप मंगलबार पनि घटेको छैन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबारसम्म नागढुङगा नाकाबाट उपत्यका बाहिरीने सवारी साधनको चाप महाशक्ति पेट्रोल पम्मसम्म र यता जगाती, सुर्यविनायक चोकसम्म रहेको थियो ।

चाडवाड मनाउन देशका विभिन्न स्थानतर्फ जाने यात्रु र सवारी साधनको संख्या बढेका कारण यी ठाउँहरुमा सवारीको चाप बढेको महाशाखाको भनाइ छ । काठमाडौं उपत्यकाबाट मानिसहरु गाउँ गएपछि काठमाडौंमा चहलपहल केही घटेको छ भने गाउँतिर बढेको छ ।

ट्राफिक प्रहरीका अनुसार सोमबारसम्म काठमाडौं छाड्नेको संख्या आठलाख नाघेको छ । अग्रिम टिकट बुकिङ गरेकाहरु बिहीबार घटस्थापनादेखि काठमाडौंबाट बाहिरिएका हन् । यसबीचमा करिब नौं लाख यात्रुले काठमाडौं छाड्ेको र बुधबारसम्म जम्मा १८ लाख यात्रु बाहिरिने अनुमान गरिएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ