arrow

भाइद्वारा दाइको घाँटी रेटी हत्या

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २६ मंगलबार
hatya-murder.jpg

रोल्पा  । रोल्पामा भाइले दाइको घाँटी रेटी हत्या गरेका छन् । रोल्पा नगरपालिका-६ दार्बिट निवासी ४८ वर्षीय अमराज बुढाले आफ्नै दाइ ५६ वर्षीय पूर्णबहादुरको घाँटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए ।

“हत्या भएको ठाउँलाई सुरक्षित राखेका थियौँ, नेपालगञ्जबाट तालिम प्राप्त कुकुरले आफ्नो सही ट्र्याक नछोडी सर्कल बनाएर हत्या गर्ने व्यक्तिको घरभित्र छिरेर पत्ता लगायो”, सुवेदीले भने ।

 उनका अनुसार अमराज आफैँले पनि हत्या गरेको स्वीकारी सकेका छन् । प्रनाउ सुवेदीले भने, “राति एक्लै सुतिरहेको कोठामै पुगी आफ्नै कान्छो भाइले दाइको हत्या गरेको प्रहरी जानकारी दिएको छ ।” 

पारिवारिक विवादका कारण हत्या गरेको बताइएको छ । कर्तव्य ज्यान मुद्दा शीर्षकमा हत्या अभियोगमा अनुसन्धान गरी प्रक्रिया अगाडि बढ्ने प्रनाउ सुवेदीले बताए । 

मृतक जालझेल गर्ने खालको नभएर इमान्दार तथा सोझो भएकोसमेत स्थानीयवासीले बताएका छन् । मृतककी श्रीमतीको पहिले नै मृत्यु भइसकेको छ । 

दुई छोरा विदेश गएको र जेठो छोराको बुहारी र छोरी दाङ बस्दै आएको बताइएको छ । मृतक बुढाको शवलाई रोल्पा अस्पताल रेउघामा परीक्षणका लागि लगिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ