arrow

पत्रकार हरिकृष्ण गौतमद्धारा गरिब–दलित परिवारलाई खाद्यान्न सहयोग

logo
ध्रुबसागर शर्मा, 
प्रकाशित २०७८ असोज २७ बुधबार
243191200_235007712007141_2.jpg

म्याग्दी । म्याग्दीका पत्रकार हरिकृष्ण गौतमले आर्थिक अभावका कारण दशैं मनाउन समस्यामा परेका म्याग्दीका ११ जना दलित तथा विपन्न परिवारका घरमुलीलाई खाद्यान्न सहयोग गरेका छन् । आफ्नो एक वर्षीय छोराको उपचारका लागि विगत ३ महिनादेखि काठमाडौंमा रहेका पत्रकार गौतमले जिल्लाका ज्यामरुककोट फापरखेतका ८ जना र पुलाचौर पुरण्यका ३ जनालाई गरी रु २० हजार बराबरको खाद्यान्न वितरण गरेका हुन् । 

पत्रकार ध्रुबसागर शर्मा र बेनी साप्ताहिकका पूर्व प्रधानसम्पादक शिब बानियाँमार्फत गरिब तथा विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको थियो । उक्त कार्यक्रममा बेनी साप्ताहिकका पूर्व प्रवन्ध निर्देशक नविन प्रकाश बानियाँ, स्थानीय समाजसेवी तथा बुद्धिजीवि टेकबहादुर विक, बलराम बानियाँ लगायतको उपस्थिति रहेको थियो । 

त्यसैगरी ज्यामरुककोटको फापर खेतमा स्थानीय बुद्धिजीवि एवम् समाजसेवी भीमबहादुर पौडेलको संयोजनमा खाद्यान्न वितरण गरिएको थियो । खाद्यान्न सहयोग प्राप्त गरेका व्यक्तिहरुले छोराको उपचारका लागि काठमाडौंमा रहेको र आफैं समस्यामा परेको समयमा पनि आफ्नो गृह जिल्लाका गरिब तथा दलित परिवारको समस्यालाई ख्याल गरी खाद्यान्न सहयोग गरेकामा पत्रकार गौतमका उपचाररत छोराको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै पत्रकार गौतमलाई धन्यवाद व्यक्त गरेका थिए ।

पुलाचौरकी विपन्न एकल महिला कालिका दर्जी, भरत दर्जी,गणेश दर्जी लगायतलाई खाद्यान्न सहयोग गरेका थिए । त्यसैगरी ज्यामरुकोट फापरखेतका गंगादेवी सार्की, तुलसी सार्की, सुकमाया दर्जी, आइते दर्जी, बैरी सार्की, बिजुला सार्की, पतिराम सार्की लगायतका विपन्न दलित परिवारलाई चालम, नून, दाल, चियापत्ती, चिनी लगायतको खाद्यान्न वितरण गरिएको थियो ।

बेनी साप्ताहिक र बेनी अनलाइनका प्रधानसम्पादक गौतम राष्टिय तथा स्थानीय विभिन्न संचारमाध्यमहरुमा आवद्ध छन् । उनले विगत एक दशक अघिदेखि जिल्लामा परोपकारी पत्रकारिता गर्दै आएका छन् । पत्रकार गौतममार्फत जिल्लाका दर्जनौं गरिब, असहाय र पीडित व्यक्ति तथा बालबालिकाहरुको उद्धार हुनुका साथै उनीहरुले अहिले नयाँ जीवन प्राप्त गरेका छन् ।

म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषका उपाध्यक्ष, पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष लगायत एक दर्जन बढी संघसंस्थामा संलग्न पत्रकार गौतमले हरेक वर्ष दशैंमा गरिब तथा विपन्नलाई खाद्यान्न, लत्ताकपडा लगायतका आवश्यक चिजहरु वितरण गर्दै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ