- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। माल्दिभ्समा भइरहेको १३ औँ संस्करणको साफ च्याम्पियनसिपमा नेपाल नयाँ इतिहास रच्ने लक्ष्यमा रहेको छ । सुरुआती दुई खेलमा रोमाञ्चक जित निकालेको नेपाल तेस्रो खेलमा भने भारतसँग अन्तिम ८ मिनेट सम्हालिन नसक्दा स्तब्ध हुन पुग्यो । भारतसँग आइतबार पराजित भएसँगै साफ च्याम्पियनसिपमा शीर्ष दुईमा उक्लिने चार राष्ट्रबीचको प्रतिस्पर्धा थप रोचक बन्न पुगेको छ ।
साफ च्याम्पियनसिपको सर्वाधिक सफल टोली भारतसँग नेपाल अन्तिम ८ मिनेट सम्हालिन नसक्दा एक खेल अगावै फाइनल पुग्ने लक्ष्य आइतबार अधुरै रह्यो । भारतीय खेलाडी सुनिल क्षेत्रीले नेपालको पोस्टमा निर्णायक गोल गरेपछि नेपाल स्तब्ध हुन पुगेको थियो ।
साफ च्याम्पियनसिपमा २८ वर्ष लामो सङ्घर्ष गरेको नेपालको फाइनल पुग्ने यात्रा भारतसँगको पराजयसँगै एक खेल पर धकेलिएको थियो । यसले नेपाललाई फाइनल पुग्नबाट रोक्दा शीर्ष दुईमा अटाउने होडबाजी निकै रोमाञ्चक भएको छ । प्रतिस्पर्धा गर्ने चारै टोलीलाई सुखद नतिजाले अघिल्लो चरण सम्भावना छ । बुधवार बङ्गलादेशसँगको खेलमा नेपाली टोली फाइनल पुग्ने लक्ष्य भएको भन्दै जितका लागि खेल्ने नेपाली टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले बताए ।
अब लिगको अन्तिम खेलको नतिजाले आयोजक मालदिभ्ससँगै नेपाल, भारत, बङ्गलादेशको टुङ्गो लाग्ने छ । सोही कारण जारी साफ निकै रोमाञ्चक बन्न पुगेको छ । श्रीलङ्काले ४ खेल खेल्दा अन्य टोलीले ३-३ खेल खेलेका छन् । लिग तालिकामा समान ६ अङ्क भए पनि गोल अन्तरको आधारमा आयोजक मालदिभ्स शीर्ष स्थानमा उक्लिँदा भारतसँगको पराजयले नेपाल दोस्रो स्थानमा झरेको छ ।
साफ च्याम्पियनसिपमा नयाँ इतिहास रच्ने सङ्घारमा नेपाली टोली छ । नेपाली टोलीका दोस्रो रोजाइका गोलकिपर विशाल श्रेष्ठले नयाँ इतिहास रच्नका लागि नेपाली टोली आतुर भएको भन्दै उच्च मनोबल बनाएर स्पष्ट जितका लागि खेल्ने बताए ।
अहिले नेपाल तालिकाको दोस्रो स्थानमा छ । बंगलादेशसँगको खेलमा नेपाल हारेमा टोली प्रतियोगिताबाटै बाहिरिनेछ । यदि खेल बराबरी भएमा भने नेपाल ७ अंकका जोड्दै उपाधि प्रतिस्पर्धामा पुग्नेछ भने जित्ने टोली ९ अङ्क जोडेर शीर्ष टोली बन्ने छ । पराजित भए ४ अङ्क जोडेको बंगलादेश प्रतियोगिताबाट बाहिरिनेछ भने जित निकाले बंगलादेश फाइनल पुग्ने छ ।
यस्तै यता आयोजक मालदिभ्स र भारतबीच हुने खेलमा पराजित हुने टोली प्रतियोगिताबाट विदाई हुनेछ । ५ अङ्क जोडेको भारतले बराबरी भए पनि प्रतियोगिताबाट बाहिरिनेछ । सोही अवस्था आयोजक माल्दिभ्सलाई पनि हुनेछ । नेपाल र बङ्गलादेशको खेल बुधवार १६:४५ बजे हुनेछ भने भारत र मालदिभ्सबीचको खेल २१:४५ बजे हुनेछ