arrow

दसैँ घरमा कालरात्रि पूजा : ५४ बोका र राँगाको बलि दिइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २७ बुधबार
fulpati-hanumandhoka.JPG

काठमाडौँ । बडादसैँको आठौँ दिन राति हनुमान ढोका दरबारमा कालरात्रिको पूजा गरिन्छ । राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित गरिने पूजा आराधनाको तयारी भइरहेको हनुमान ढोका दरबार हेरचाह अड्डाले जनाएको छ । गत वर्ष कोरोना महामारीका कारण बलिसहितको कालरात्रि पूजा स्थगित गरिएको थियो ।

यस वर्ष भने कोरोनाको जोखिम कम रहेको बलिसहित कालरात्रि पूजाको तयारी गरिएको हो । राज्य सञ्चालनका लागि शक्तिको आवश्यकता पर्ने भएकाले नवरात्रका अवसरमा बलिसहित कालरात्रिको पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।

हनुमान ढोका दरबारमा कालरात्रि पूजाका लागि फूलपातीकै दिन तलेजु भवानीलाई मूल चोक लगी राखिएको छ । मूल चोकमै ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजाको तयारी गरिएको हनुमान ढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ