arrow

खेलकुद मन्त्रीले भने- राष्ट्रिय फुटबल खेलाडीहरूको प्रदर्शनबाट निराश छैन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ३१ आइतबार
nepal-football-bangladesh.JPG

काठमाडौँ । नेपालले साफ च्याम्पियनसिप फुटबलमा गरेको प्रदर्शनबाट युवा तथा खेलकुद मन्त्रीले निराश नभएको बाएका छन् । शनिवार भारसँग नेपालले साफ च्याम्पियनसिप फुटबलको फाइनलमा उपाधिका लागि भिडेको थियो । 

आइतबार खेलकुद मन्त्री गहतराजले  भने ‘म राष्ट्रिय फुटबल खेलाडीहरूको प्रदर्शनबाट निराश छैन, नयाँ आशा जगाएको छ । नेपालले अझ राम्रो प्रदर्शन गरेर भविष्यमा विभिन्न उपाधिहरू जित्न सक्छ ।’ आफूले खेल हुनुभन्दा अघि पनि टिम व्यवस्थापक, प्रशिक्षकसँग संवाद गरेको खुलाउँदै उच्च मनोबलका साथ खेलाडीहरूले खेल्ने अपेक्षा समेत गरेको सुनाए ।

नेपालले समग्रमा साफ च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको गहतराजको भनाई थियो । उनले भने,‘नेपाली गोर्खा स्प्रिट सम्झेर खेल्न प्रेरित गरेको थिएँ गर खेले पनि ।’ नेपालले भविष्यमा अझ राम्रो प्रदर्शन गर्न सक्ने देखिएको बताए ।

भारतलाई लामो समयसम्म गोल गर्नबाट रोक्न सकेको भन्दै जितको आशा भने पूरा नभएको बताए । खेलाडीहरू खेल्दा खेल्दै असफल भएको उनको भनाई थियो । उनले भने,‘असफलताबाट सिकेर सफलताका लागि बढ्नुपर्छ ।’ नेपालको खेलको समीक्षा हुने र भविष्यमा अझ खेल स्तर सुधार्न आवश्यक कदमहरू चालिने बताए ।

आफूले युवा र खेलकुदको विकासको आधार तयार गर्न काम थालिसकेको बताए । मन्त्री नियुक्त भएकै दिन देखि आफू काममा खटिइसकेको बताए । आफ्नो कार्यकालमा सम्झन लायक कामहरू गर्न योजनाबद्ध तरिकाले बढिरहेको बताए ।

आफू काममा विश्वास गर्ने व्यक्ति भएको बताए । गफ र भाषणमा आफूले विश्वास नगर्ने र काममा नै विश्वास गर्ने भएकाले त्यस अनुसारको काम बढाउने बताए । देशभित्र निराशा पैदा भएकोले आशा बढाउनुपर्नेमा जोड दिए । उनले भने,‘युवाहरूलाई देशभित्रै काम गर्न जागरूक गराउने र आशावादी बनाउने आधार तयार गर्न लागेको छु ।’

खेल क्षेत्रलाई परिणाममुखी बनाउन अपेक्षित परिणाम हासिल नभएको बताए । बाल्यकाल देखि खेल क्षेत्रमा लगाउने आधार तयार गर्न लागेको बताए । सोच र भिजन सार्वजनिक गरेर अगाडि बढ्ने बताए । उनले भने,‘काम गर्ने आधार तयार गरेको छु ।’
 



नयाँ