arrow

मेस्सीको दुई गोलले च्याम्पियन्स लिगमा जित्यो पीएसजी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ३ बुधबार
messi-mbappe.jpg

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) विजयी भएको छ । समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजीले जर्मन क्लब आरबी लेप्जिगलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीको जितमा स्पेनिश क्लब बार्सिलोनाबाट यही सिजनमात्र पीएसजी आएका अर्जेन्टाइन खेलाडी लियोनल मेस्सीले दुई गोल गरे । त्यस्तै केलियन एम्बाप्पेले एक गोल गरे । लेप्जिगका आन्द्रे सिल्भा र नोर्डी मुकिलीले एक एक गोल फर्काए । 

पीएसजीका प्रशिक्षकले मेस्सीलाई फ्रेन्च लिग जिताउनका लागि भन्दा पनि च्याम्पियन्स लिग भित्र्याउनका लागि मैदानमा उतार्ने बताइसकेका छन् । सो विश्वासलाई मेस्सीले कायम राखेका छन् । 

यस्तो छ गोल सिरिज–
–खेलको नवौं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई शुरुआती अग्रता दिलाए । 

–खेलको २८ औं मिनेटमा सिल्भाले गोल गर्दै लेप्जिगलाई १–१ गोलको बराबरीमा ल्याए ।

–खेलको ५७ औं मिनेटमा नोर्डीले गोल गर्दै लेप्जिगलाई २–१ को अग्रता दिलाए ।

–खेलको ६७ औं मिनेटमा मेसीले गोल गर्दै पीएसजीलाई २–२ गोलको बराबरीमा ल्याए ।

–खेलको ७४ औं मिनेटमा मेसीले दोस्रो गोल गर्दै पीएसजीलाई ३–२ ले जिताए । 

–खेलको इन्जुरी समयमा एम्बाप्पेले पेनाल्टीमा गोल गर्न सकेनन् । 

अंक तालिका–
च्याम्पियन्स लिगको समूह ए मा रहेको पीएसजी शीर्ष स्थानमा रहेको छ । तेस्रो चरणको समाप्तिसम्म पीएसजी ७ अंकसहित शीर्ष स्थानमा रहेको हो । 

दोस्रो स्थानको म्यानचेस्टर सिटीको ६ अंक छ । क्लब ब्रागको ४ अंक छ भने तीन खेलमै हार बेहोरेको लेप्जिग पुछारमा छ । 



नयाँ