arrow

प्रदेश २ का किसानको लागि विशेष राहत प्याकेज उपलब्ध गराउन सङ्घीय सरकारसँग माग

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७८ कार्तिक ३ बुधबार
Lalbabu-raut-cheif-minister.jpg
फाइल तस्बिर

जनकपुरधाम। प्रदेश नम्बर २का  मुख्यमन्त्री लालबाबु राउतले बाढी पीडित किसानहरूका लागि विशेष राहत प्याकेज उपलब्ध गराउन माग गरेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा मुख्यमन्त्री राउतले पछिल्लो समयमा भएको अविरल वर्षा र त्यसले निम्त्याएको बाढीका कारण प्रदेश २को धान बालीमा व्यापक क्षति भएको बोल्दै विशेष राहत प्याकेज उपलब्ध गराउन सङ्घीय सरकारलाई आग्रह गरेका हुन्।

पछिल्लो बाढीले देशै भरि ठुलो क्षति भएपछि सङ्घ सरकारले क्षति व्यवस्थापनका लागी प्राधिकरणको बैठक बोलाएको थियो। बैठकमा मुख्यमन्त्री राउतले धान भित्र्याउने बेलामा आएको बाढीले धान बाली नष्ट हुनुका साथै अन्य बालीमा समेत असर परेको भन्दै सङ्घ सरकारले प्रदेश २को किसानहरूको लागी विशेष प्याकेज घोषणा गर्नु पर्ने धारणा राखेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा भएको उक्त बैठकमा सात वटै प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिव लगायतको उपस्थिति रहेको थियो। पछिल्लो बाढीले धान बालीमा भएको क्षतिका कारण प्रदेश २का किसानहरू सबै भन्दा बढी समस्यामा परेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ