arrow

खोलाले बगाएर बेपत्ता भएका चौहान दम्पती मृत अवस्थामा भेटिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ४ बिहिबार
water-kill.jpg

पोखरा । नवलपरासी पूर्वमा एक दम्पतीको शव फेला परेको छ । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नं. ५ लालेपुच्छरका ५० वर्षका रुकबहादुर चौहान र उनकी श्रीमती ४५ वर्षकी डकुमाया चौहानको शव फेला परेको बताइन्छ ।

चौहान दम्पती बुधबार पाल्पाको माथागढी वडा नं. ७ बाट घर फर्कँदा विनयी खोला तर्ने क्रममा खोलाले बगाएर बेपत्ता भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
 
उनीहरू बेपत्ता भएको सूचना पाउने बित्तिकै प्रहरीले खोजी गर्ने क्रममा बिहिवार बिहान ११:३० बजे फेला परेको प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

उनीहरूको शव नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका वडा नं. ५ कुसुन्डे र लालेघाटस्थित विनयी खोलाको बिच भागमा ढुङ्गामा अड्किएको अवस्थामा शव फेला परेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ