arrow

मनकारी सभापति : पार्टीलाई दिए ४० लाखको जग्गा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ५ शुक्रबार
krishnakumarshresha.JPG

पोखरा । माछापुच्छ्रे गाउँपालिका वडा नं. ३ घाचोकका सभापति कृष्णकुमार श्रेष्ठले पार्टीलाई जग्गा दान गरेका छन् ।  श्रेष्ठले माछापुच्छ्रे गाउँपालिका वडा नं. ३ घाचोकको इकाई समितिलाई वीपी स्मृति भवन निर्माण गर्नका लागि ६ आना २ पैसा २ दाम जग्गा दान गरेका हुन् ।

इकाई समितिको बैठक तथा कार्यक्रम गर्न आफ्नो भवन नभएका कारण पार्टीका गतिविधि सञ्चालन गर्न सहज होस् भन्ने उद्देश्यले करिब ४० लाख बराबरको जग्गा दान गरेका हुन् ।

उक्त जग्गामा वीपी स्मृति भवन निर्माणका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का, शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठको उपस्थितिमा शिलान्यास गरिसकेका छन् । 

‘म वास्तवमा कम्युनिस्ट विचारबाट प्रभावित थिए, तर वीपीको समाजवाद अध्ययन गरेकै कारण म २०३६ सालबाटै काँग्रेसमा सक्रिय भएर लागे’ उनले भने, ‘वीपीको समाजवादमा सबैलाई ल्याउन र पार्टीलाई बलियो बनाउनका लागि जग्गा दान गरेको हुँ ।’

सभापति श्रेष्ठले श्रीराम लम्साल, भिममान श्रेष्ठ, राजाराम पोख्रेल, मौसम कार्की, आशिष् लम्सालको टोलीसहित बुधवार मालपोत कार्यालय गई पूर्व सभापति तथा तत्कालीन गाविस अध्यक्ष तोयानाथ शर्मालाई पार्टीको प्रतिनिधि बनाई इकाई समितिलाई जग्गा पास गरिदिएका छन् । 

वीपी भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट पनि केही सहयोग पाउने आश्वासन पाएको र बाँकी रकम सङ्कलन गरि भवन निर्माण गरिने सभापति श्रेष्ठले जानकारी दिए । इकाई लाई जग्गा प्राप्त भएपछि घाचोकमा कार्यकर्ताबिच उत्साह छाएको क्षेत्रीय प्रतिनिधि मौसम कार्कीले जानकारी दिए ।



नयाँ