arrow

एनआरएनए चीनद्वारा सल्लाहकार संरक्षक तथा कार्यसमिति सदस्यहरुको मनोनयन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ९ मंगलबार
nrna1.jpg

काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए)राष्ट्रिय समन्वय परिषद चीनले सल्लाहकार संरक्षक तथा कार्यसमिति सदस्यहरुको मनोनयन गरेको छ ।

एनआरएनए चीनका अध्यक्ष रोहित अग्रवालका अनुसार संरक्षक परिषदमा चार जना, सल्लाहकार परिषदमा १३ जना र कार्य समिति सदस्यमा ६ जना मनोनयन गरिएको हो ।

संरक्षक परिषदमा सुदेश कुमार झा, बलराम(डिल्ली प्रसाद)पराजुली, राजन कुमार जमरकटेल र प्रकाशचन्द खरेललाई मनोनित गरिएको छ । त्यस्तै सदस्यहरुमा त्रिलोचन अर्याल, धन बहादुर कार्की, राजेश प्रधान, मिर्जा रशिद बेग, विजय पराजुली र राम तामाङलाई मनोनयन गरिएको छ ।

सल्लाहकार परिषदमा १३ जनालाई मनोनयन गरिएको छ । जसमा सुजित बाबु श्रेष्ठ, आरके खड्का, विनोद तिमल्सिना, कृष्ण सिलवाल, रन्जन ढकाल, मित्रलाल सापकोटा, शंकर ज्ञवाली, मुकेश श्रेष्ठ, कमल आचार्य, दिल बहादुर कठायत, रन्जिता आचार्य, सन्दिप खनाल र तिर्थ पौडेल रहेका छन् ।

जसमध्ये रन्जिता आचार्य एनआरएनए चीनको महिला संयोजक भइसकेकी हुन र उनले कोषाध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेकी छन् । राजन जमरकटेल भने एनआरएनए चीनको संस्थापक महासचिब साथै बरिष्ठ उपाध्यक्ष भइसकेका छन् । उनी हाल जनसम्पर्क समिति चीनको अध्यक्ष छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ