arrow

दार्चुलामा ललाइ फकाइ एमालेको कमिटी गठन : पदमा रहेकाहरू नै काँग्रेसमा प्रवेश

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ९ मंगलबार
darchula-umls.JPG

दार्चुला । दार्चुलामा कात्तिक ६ गते (शनिवार) देखि नेकपा एमालेको वडा अधिवेशन भइरहेको छ । एमालेले वडा अधिवेशनमा जसरी पनि कमिटीलाई परिपूरण गर्ने गरेको पाइएको छ । 

जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ४ विद्यानगर टोलका जगतराम सुनार र सोही टोलका धनसिंह चुनाराले वडा कमिटीको महत्त्वपूर्ण पदीय जिम्मेवारीलाई त्यागेका छन् । उनीहरूले अन्जानमा आफूहरूलाई एमालेको वडा कमिटीमा राखेको बताएका छन् । 

एमालेले ललाइफकाइ यही कात्तिक ७ गतेको वडा अधिवेशनमा जगतराम सुनारलाई वडा सचिव र धनसिंह चुनारालाई सदस्य पदमा चयन गरेको थियो । आफूहरूलाई ललाइ फकाइ कमिटीमा चयन गरेको तथा अन्जानमा प्राप्त गरेको वडा कमिटीको पदबाट राजीनामा दिँदै नेपाली काँग्रेस प्रवेश गरेको उनीहरूले घोषणा गरेका छन् । 

यस्तै महाकाली नगरपालिका वडा नम्बर ८ का गणेश राज पन्तले समेत आफू एमालेमा प्रवेश नगरेको बताएका छन् । उनीहरूलाई महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टले पार्टीमा स्वागत गरेका छन् । 

८ नम्बर वडा अधिवेशनका दिन आफूलाई एमाले प्रवेश गर्‍यौ भनेर एमाले जनले प्रचार गरेको भन्दै उनले आफू एमाले प्रवेश नगरेको बताएका हुन् । 

सोमबार मात्रै २०४८ सालदेखि नेकपा एमाले पार्टीमा आबद्ध रही इलाका कमिटी अध्यक्ष रहेका महाकाली नगरपालिका–९ दत्तु थाप्लाका युवा उद्यमी विक्रम सिंह सामन्तले समेत एमाले परित्याग गरि काँग्रेस प्रवेश गरेका छन् । 

सामन्तलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं कानून न्याय तथा संसदीय मन्त्री दिलेन्द्र प्रसाद बडूले काठमाडौँमा खादा लगाएर पार्टीमा प्रवेश गराएका हुन् ।

सम्बन्धित समाचार

एउटै व्यक्ति काँग्रेसको उपसभापति र एमालेको सचिव



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ