arrow

एउटै व्यक्ति काँग्रेसको उपसभापति र एमालेको सचिव

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ९ मंगलबार
shankar-shing.JPG

दार्चुला । दार्चुलामा एउटै व्यक्ति नेपाली काँग्रेसको वडा उपसभापति र नेकपा (एमाले) को वडा सचिव बनेका छन् । 

काँग्रेसको ९ असोजमा सम्पन्न भएको वडा अधिवेशनबाट उपसभापति निर्वाचित भएका शङ्कर सिंह डोबाल कात्तिक ६ गते एमालेको सम्पन्न वडा अधिवेशनबाट सचिवमा समेत निर्वाचित भएका हुन् । 

महाकाली नगरपालिका–२ को काँग्रेस उपसभापति रहेका डोबाल सोही वडाको एमाले सचिव समेत भएका हुन् । 

शनिवार सम्पन्न एमालेको वडा अधिवेशनमा वीर सिंह डोबाल अध्यक्ष र शङ्कर सिंह डोबाल सचिवमा चयन गरिएको नेकपा एमाले दार्चुलाले जनाएको छ ।  एमालेले शनिवारदेखि जिल्लाका स्थानीय तहमा वडा अधिवेशन गरिरहेको छ । 

अधिवेशनको तयारी गरिएका वडाहरूमा शनिवार गरिएको र बाँकीमा कात्तिक मसान्त भित्रमा गरिने एमाले दार्चुलाका प्रचारप्रसार विभाग प्रमुख खडक बडालले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ