arrow

मुस्ताङमा विष्णुको मुर्ति बनाउन  शेष घलेले गरे ५० लाख रुपैंयाँ सहयोगको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १० बुधबार
ses-ghale-mustang.jpg

काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए)का पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक शेष घलेले मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकास्थित मुक्तिक्षेत्रमा विष्णुको मुर्ति बनाउन ५० लाख रुपैंयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

एनआरएनएका उपाध्यक्ष सोनाम लामाका अनुसार उक्त क्षेत्रमा घलेले आफ्ना आमा-बुबाको नाममा मुर्ति निर्माण गर्न लागेका हुन् । सोही क्षेत्रमा लामाको अगुवाइमा ३५ फिट अग्लो बुद्धको मुर्ति निर्माण भइसकेको छ ।

ढुंगाबाटै कुँदेर निर्माण गरिएको बुद्धको मुर्तिकै शैलीमा ढुंगा कुँदेरै विष्णुको मुर्ति निर्माण गर्न लागिएको हो । उपाध्यक्ष लामाले उक्त बुद्धको मुर्ति निर्माणका लागि करिब पाँच करोड खर्च गरिसकेका छन् । उक्त स्थान हाल पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको छ ।

नेपालमा बौद्ध र हिन्दु धर्मावलम्बीहरुबीच सुमधुर सम्बन्ध रहेकाले बुद्धको मुर्ति भएकै स्थानमा विष्णुको मुर्ति बनाउन लागिएकाले थप सहयोग गर्न घलेले आब्हान समेत गरेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ