arrow

पोखरामा स्कूल बसको ढोकाबाट खसेर एक बालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १० बुधबार
accident-final_1618193180.jpg

पोखरा । पोखरामा हेम्जास्थित ज्ञानसागर एकेडेमीको बसको ढोकाबाट खसेका एक विद्यार्थीको मृत्यु भएको छ। मृत्यु हुनेमा हेमजाका ८ वर्षीय रोशन तामाङ छन्। उनी सोही स्कूलको युकेजीमा अध्ययनरत रहेको बताइन्छ। स्कूलको ना१क २३७३ नम्बरको बसको ढोकाबाट खसेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए।

मङ्गलवार दिउसो ३ः२५ बजे सो दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि फिस्टेल हस्पिटल ल्याइएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो।प्रहरीले बस चालक धादिङका ४७ वर्षीय सानो कान्छा थापालाई पक्राउ गरिएको डिएसपी उनले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ