arrow

प्रतिनिधि सभामा एमालेको नारावाजी : बैठक स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ११ बिहिबार
sansad-@@@.jpg.jpeg

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभामा राख्दै आएको अवरोधलाई कायम राखेको छ।

एमाले सांसदहरुले संवैधानिक सर्वोच्चता कायम गर, संसदीय मर्यादा कायम राख, पक्षपातपूण व्यवहार गर्न पाइदैन, कालो धनलाई वैधानिकता दिन पाइदैन, पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद जस्ता नारा लगाउँदै संसद बैठक अवरोध गरेका हुन्।

एमालेको नारावाजीपछि सभामुख अग्निप्रसाद सापकोटाले निरन्तरको बैठकको अवरोधले जनमानसमा नराम्रो सन्देश गएको भन्दै बैठकलाई सहज रुपमा संचालन गर्ने गरी वातावरण बनाउन आग्रह गरे।

सभामुखको आग्रहपछिसमेत एमालेको अवरोध कायम राखेको छ। अवरोध कायम रहेपछि सभामुख सापकोटाले बैठक स्थगितको सुचना दिएका छन् । अर्को बैठक २९ कार्तिकका लागि बोलाइएको छ।



नयाँ