- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
डोटी । शिखर नगरपालिका डोटीमा बाढी पहिरोबाट मृत्यु भएका परिवारलाई घरमै गएर राहत स्वरूप आर्थिक सहयोग गरेको छ । शिखर नगरपालिका वडा नं ११ डासिका कटे बलायरलाई घरमै गएर राहत दिएको हो ।
यही कात्तिक २ गते पहिरो सँगै आएको ढुङ्गा लागेर कटेवलायरकी श्रीमती कमला बलायरको मृत्यु भएको हो । बुधवार शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशीले मृतकका परिवारलाई नगरपालिकाको तर्फबाट १ लाख र शिखर नगरपालिकाका लेखापाल रतन माझीको तर्फबाट ५ हजार नगद मृतकका परिवारलाई हस्तान्तरण गरेको छ ।
नगरपालिकाले बाढी पहिरोबाट मृत्यु भएका परिवारलाई सबै भन्दा पहिले घरमै गएर राहत स्वरूप आर्थिक सहयोग गरेको शिखर नगरपालिका डोटीका नगर प्रमुख सिताराम जोशीले बताए ।
नगरपालिकामा बाढी पहिरोबाट धेरै धनजनको क्षति भएको उल्लेख गर्दै नगर प्रमुख सिताराम जोशीले भने - 'नगरपालिकाले दिन सक्ने राहत नगरपालिकाले अनि अरू क्षतिको विवरण सङ्कलन गरेर राहतकका लागि प्रदेश सरकार र सङ्घ सरकारलाई सिफारिस गरिरहेका छौ ।'
असोज ३१ देखि ३ गतेसम्म परेको अविरल वर्षाका कारण शिखर नगरपालिकामा १ जनाको मृत्यु, दर्जनौँ घरमा पूर्ण क्षति, सयौँ भौतिक संरचनामा क्षति, हजारौँ रोपनी जमिन बाढी पहिरोले बगाएको छ ।