arrow

ओलीले प्रोपोगाण्डाका लागि राम मन्दिरको कुरा उठाए : प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ११ बिहिबार
prachanda-dahal-media-brief.jpg

चितवन । माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले माडी बनाउनका लागि नभएर प्रोपोगाण्डाका लागि राम मन्दिरको कुरा उठाइएको बताएका छन् । 

माडीको बाँदरझुला कार्यक्रममा प्रचण्डले माडीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रोपोगाण्डाका लागि राम मन्दिर निर्माणको घोषणा गरेको बताए । 

एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुँदा चितवनको माडी अयोध्यामा भगवान् रामको जन्म भएको दाबी गरेका थिए  । सो कुरामा ‘प्रचण्ड’ले भगवान् रामको जन्म चितवनको माडी अयोध्यामा भएको प्रमाणित गर्न ओलीलाई चुनौती दिँदै आएका छन् ।

उनले भने “ऐतिहासिक तथ्य र अन्वेषण गरेर मात्र राम मन्दिर निर्माण गर्ने पक्षमा म छु ।” राम मन्दिरको कुरा उठाएर ओलीले राजनीति गर्न खोजेको आरोप प्रचण्डले लगाउँदै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ