- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । पोखरामा लागू औषधसहित तीन युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. ३ बस्ने साहिल पौडेल र अन्नपूर्ण गाउँपालिका वडा नं. ५ घर भई हाल नदीपुर बस्ने नवीन तिलिजा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
उनीहरूलाई लागूऔषध डाईजापाम एक सय एम्पुल, आइबुनफिर्फिन एक सय एम्पुल र फेनारगन एक सय एम्पुलसहित प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।
उनका अनुसार प्रहरीले पोखरा गगनगौंडा, पावरहाउसस्थित सवारी चेक जाँचका क्रममा उनीहरूको साथबाट लागू औषध बरामद गरेको हो ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय शिशुवा र वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनीहरूमाथि लागू औषध सम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी हमालले बताए ।
यसै गरी स्याङ्जा बिरुवा गाउँपालिका वडा नं. ७ मनकामना स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका वडा नं. १५ चोरसाँघु बस्ने वर्ष २७ को देवेन्द्र बिक पनि पक्राउ परेका छन् ।
कास्की जिल्लामा लागू औषधको कारोबार तथा बेचबिखन भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
विकको साथबाट लागूऔषध बुप्रिनर्फिन ४० एम्पुल, डाईजापाम ४० एम्पुल र फेनरागन ४० एम्पुल गरी जम्मा १२० एम्पुल लागूऔषध र एक थान मोबाइल बरामद गरिएको कास्की प्रहरीले जनाएको छ ।