arrow

ओलीको टिप्पणीप्रति प्रचण्डको जवाफ- प्रचण्ड भाग्छ भनेर नरमाउनुस्

अब माओवादी सिद्धियो भन्ने लाग्यो होला तर त्यस्तो होइन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १२ शुक्रबार
prachanda-dahal-media-brief.jpg

काठमाडौं ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू चितवनबाट कतै नभाग्ने बताएका छन् । चितवनमा रहेका प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणीप्रति इङ्गित गर्दै भने, “प्रचण्ड भाग्छ भनेर आत्मरतिमा नरमाउनुस् ।” 

एमालेको महाधिवेशन चितवनमा हुने भएपछि अब प्रचण्ड भाग्छ र कालिकोट या बर्दिया जान्छ भन्ने भित्रभित्रै प्रचार गरिएको उनको भनाई थियो । उनले भने, “मैले अस्ति यहाँ आएर भनिसकेको छु, म कतै जान्न अब । म चितवन छोड्दिन र विकासका काममा थाक्दिन पनि ।”

उनले  माओवादीले नै देशको भविष्य निर्माण गर्ने बताए। उनले भने, “तपाईँहरूलाई अब माओवादी सिद्धियो–सिद्धियो भन्ने लाग्यो होला तर त्यस्तो होइन फेरि एक पटक माओवादी पार्टी नै यो देशको भविष्य निर्माता बनेर आउँछ ।” 

माओवादीले मात्र देशको रक्षा र जनताको हितमा काम गर्ने उनको भनाइ थियो । आगामी आमनिर्वाचनबाट माओवादी देशको नेतृत्व गर्ने पार्टीको रूपमा आउने भन्दै उनले सबै कार्यकर्तालाई हृदयदेखि सहयोग गर्न आग्रह गरे । उनले भने, “म त हाम फालेकै छु हाम फालिराख्छु । तपाईँहरू लाग्नुस् ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ