- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुरधाम । प्रदेश नम्बर २ स्वास्थ्य निर्देशनालयद्वारा आर्थिक वर्ष २०७७/०७८ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको समीक्षा गोष्ठी सम्पन्न भएको छ । स्वास्थ्य क्षेत्रमा उत्कृष्ट गरेका स्वास्थ्य संस्थाहरूलाई सम्मान गर्दै तीन दिने गोष्ठी सम्पन्न भएको हो ।
गोष्ठीको प्रमुख अतिथि प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले सङ्घ सरकारले बजेटको न्यायोचित बाँडफाँड नगरेको भन्दै जनसङ्ख्याको अनुपातमा बजेट विनियोजन हुनुपर्ने बताए ।मन्त्री साहले सङ्घीयताको भावना अनुसार सङ्घ सरकारले प्रदेश सरकारलाई बजेट नदिएको आरोप लगाए ।
प्रदेश नम्बर दुई स्वास्थ्य निर्देशनालयले प्रदेश २ का अस्पतालहरू,जिल्ला स्वास्थ्य कार्यालयहरू,स्थानीय तहहरूको कार्य मूल्याङ्कन गरि अस्पतालहरूमा जिल्ला अस्पताल सिराहा उत्कृष्ट भए भने स्वास्थ्य कार्यालयहरूमा जिल्ला स्वास्थ्य कार्यालय सप्तरी उत्कृष्ट भए।त्यसै गरी स्थानीय तहहरूमा हनुमान नगर कंकालिनी नगरपालिका सप्तरी र चक्रधाटा गाउँपालिका सर्लाही उत्कृष्ट भएका छन्।उत्कृष्ट स्ंस्थाहरुका प्रतिनिधिहरूलाई सामाजिक विकास मन्त्री नवलकिशोर साहले पुरस्कृत गरि सम्मान गरिएको छ ।
गोष्ठीमा प्रदेश २ स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले आर्थिक २०७७-७८ मा प्रदेश २ मा स्वास्थ्य क्षेत्रमा हासिल भएका मुख्य उपलब्धिहरूबारे जानकारी दिए ।
यस अवधिमा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा आएको, ५० बेडको प्रादेशिक सरुवा रोग अस्पताल निर्माणाधीन रहेको, आठ वटै जिल्लामा पीसीआर ल्याब सञ्चालनमा आएको, प्रदेश स्तरमा कोल्ड रुम भवनको निर्माण भएको, प्रदेशस्तरीय कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याइएकोलगायत उपलब्धिहरूको विवरण प्रस्तुत गरिएको छ ।