- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रौतहट । रौतहटको सदरमुकाम गौरमा प्रहरी र सिके राउतको जनमत पार्टीका कार्यकर्ताबिच झडप भएको छ । झडपमा परेर आधा दर्जन जनमत पार्टीका कार्यकर्ता घाइते भएका छन् ।
घाइते हुनेहरूमा अर्जुन कुशवाहा, इन्ताजुल मिया, अरुण यादव, छोटु रजक, रामप्रकाश ठाकुर लगायतका कार्यकर्ता छन् । घाइतेहरूको गौर अस्पतालमा उपचार भइरहेको छ ।
पूर्व निर्धारित कार्यक्रम अनुसार जनमत पार्टीका जिल्ला अध्यक्ष ललित मल्लिक सानुको नेतृत्वमा गएका कार्यकर्ताले गौर स्थित बिपी चौकमा मसाल जुलुस प्रदर्शन गर्न खोज्दा प्रहरीसँग झडप भएको थियो ।