arrow

बेमौसमी वर्षाले हुम्लामा करोडौंको क्षति, १ सय ८६ परिवार बिस्तापित

logo
जनकबहादुर शाही
प्रकाशित २०७८ कार्तिक १३ शनिबार
badi-kharpu.jpg

हुम्ला । कात्तिक महिनामा परेको बेमौसमी वर्षाका कारण आएको बाढी पहिरोले हुम्लामा करोडौं क्षति भएको छ भने १ सय ८६ परिवार बिस्तापित भएको प्रारम्भिक विवरण आएको प्रहरीले जानकारी दिएको छ ।

जिल्लामा संकलन गरिएको क्षतिको बिबरण अनुसार अशोज ३१ गते यता परेको वर्षाका कारण आएको बाढी र पहिरोले हुम्लामा ३६ करोड ६६ लाख ५ हजार ८ सय क्षति भएको प्रारम्भिक अनुमानित बिबरण प्राप्त भएको छ ।

अशोज ३१ गतेयता परेको बेमौसमी वर्षाका कारण सडक, घर, खेतबारी, अन्नबाली, पुलपुलेसा, बाटोघाटो, मठमन्दिर र पशुबस्तुमा भएको कुल भौतिक क्षतिको प्रारम्भिक अनुमान आएको बताईए पनि प्रहरी र स्थानिय तहले संकलन गरेको बिबरणमा फरक परेको छ ।

प्रहरीमा आएको बिबरण अनुसार हुम्लाका ७ वटा गाउपालिकामा जम्मा ७ करोड ७० लाख ४८ हजार ५० रुपैया बराबर क्षती भएको बिबरण बाहिर ल्याएको छ भने जिल्लाका ६ वटा गाउँपालिका बाहेक खार्पुनाथ गाउँपालिकाले ५ वटै वडामा बेमौसमी वर्षाका कारण आएको बाढी/पहिरोले गरेको क्षेतिको बिबरण संकलन गर्दा अन्दाजी ३० करोड बराबरको क्षति भएको खार्पुनाथ गाउपालिकाका अध्यक्ष कणर्बहादुर रावलले बताए ।

जिल्लाका अन्य ६ वटा गाउपालिकाहरुले पनि खार्पुनाथ गाउगालिकाले जस्तै गाउँपालिकामा रहेका सबै वडाहरुमा स्थलगत अनुगमन गरी क्षतिको बिबरण संकलन गर्ने हो भने क्षतिको अनुमानीत रकम बढ्ने देखिन्छ ।

अहिले प्रहरीबाट आएको बिबरण प्रारम्भिक मात्र भएको र ३ दिनको अबिरल बर्षाले खार्पुनाथ–५ बाहेक अन्त कतै मानवीय क्षति नभए पनि भौतिक(घर, खेतबारीमा लगाएको अन्नबाली, पुलपुलेसा, पाटीपौवा,पशुबस्तु, मन्दिर बाटोघाटो, खानेपानी र सिचाई कुलो) क्षती भएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए

बेमौसमी वर्षाले जिल्लाभरी १ सय ९९ घर भत्केको ४ सय ७ परिवार उच्च जोखिममा ४५ परिवार जोखिममा र १ सय ८६ परिवार सुरक्षित स्थानमा सार्नुपर्ने र जिल्लाभरी नै ठाउठाउमा सडक भत्कीदा र पुल बगाउदा आवतजावतमा समस्या भएको छ भनै खेतबारी बगाउँदा अन्दाजी ३ हजार ४ सय ७ क्विन्टल अन्नबाली नष्ट भएको प्रारम्भिक अध्ययनले देखाएको  छ ।

बर्षाले जिल्ला भरि नै क्षेती पुर्याएको भए पनि अहिले सम्म  खार्पूनाथ गाउपालिका बाहेक अन्य कुनै गाउँपालिकाकाले आफ्नो पालिकामा के कति क्षेती भएको छ यसको यकिन क्षेती बिबरण संकलन गर्न सकेको छैन । खार्पुनाथ गाउँपालिकाले भने  गाउपालिकाका अध्यक्ष कणर्बहादुर रावलको नेतृत्वमा आफ्नो गाउँपालिका क्षेत्र भित्र बाढी पहिरोबाट भएको क्षेतीको यकिन बिबरण संकलन गरि सकेको छ ।

वेमौसमी वर्षाका कारण खार्पुनाथ गाउँपालिकामा ६ जनाको ज्यान गएको छ, ७ वटा पशुबस्तु मेरको, २३ घर भत्केको, २ सय ९९ परिवार उच्च जोखिममा ४१ परिवार जोखिममा र १ सय ८६ परिवार सुरक्षित स्थानमा सार्नुपर्ने र पालिका भरी ठाउँ ठाउँमा सडक भत्किंदा र पुल बगाउँदा आवतजावतमा समस्या भएको छ भनै खेतबारी बगाउँदा अन्दाजी ३ हजार ३ सय १६ क्विन्टल अन्नबाली नष्ट भएले सबैलाई उचित राहतको ब्यबस्था तीनै तहका सरकारले गर्नुपर्ने स्थानियको भनाइ छ ।

खार्पुनाथमा बिशेष गरि २ नम्बर वडाका २५० परिवार र ४ नम्बर वडाका २२ अति जोखिममा रहेका टनछन जसमा २ नम्बरका १ सय ६४ र ४ नम्बरका २२ परिवार गरी १ सय ८६ परिवारलाई सुरक्षित स्थानमा स्थान्तरण गर्न सरकारले उचित राहातका सहित उच्च प्राथमिकता दिनुपर्ने खार्पुनाथ २ का वडा अध्यक्ष कर्ण रावलले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ