arrow

कोरोना प्रभावितलाई पुनः कर्जाका लागि आवेदन दिन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १४ आइतबार
NRB.JPG

काठमाडौं। कोरोनाका कारण प्रभावित भएका उद्योग व्यवसायलाई राहत दिने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले आवेदन गर्न आह्वान गरेको छ। कोरोनाका कारण प्रभावित, अति प्रभावित क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर राहत दिने प्रयोजनका साथ केन्द्रीय बैङ्कले आवेदनका लागि आग्रह गरेको हो ।

राष्ट्र बैङ्कले आज इजाजत लिएका क, ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थालाई आवेदन दिन भनेको हो । नेपाल राष्ट्र बैङ्क पुनः कर्जा कार्यविधि, २०७७ को तेस्रो संशोधनअनुरूप एकमुष्टरुपमा लघु, घरेलु तथा साना उद्यम पुनः कर्जा, साधारण पुनः कर्जा तथा विशेष पुनः कर्जाका लागि आवेदन अनुरोध गरेको छ ।

आगामी पुस १९ गतेसम्म सो कर्जाका लागि आवेदन दिने समयसीमा रहेको छ । कोरोनाबाट अति तथा मध्यम प्रभावित क्षेत्रलाई त्यस्तो कर्जा दिनुपर्नेछ । पर्यटन क्षेत्र, होटेल, मनोरञ्जन क्षेत्र, तयारी पोसाक, रोजगारी गुमेका अन्य क्षेत्र, यात्रुवाहक सवारी साधनलगायत विभिन्न १५ क्षेत्रलाई अति प्रभावित क्षेत्रमा राखिएको छ ।

यस्तै मध्यम प्रभावित क्षेत्रमा खप्ने सामान उत्पादन गर्ने उद्योग, अस्पताल, भण्डारण गर्न सकिने वस्तु तयार पार्ने उद्योग, निर्माणमा रहेका जलविद्युत् आयोजना मध्यम प्रभावित क्षेत्रमा रहेका छन् ।

आवेदन पेस गर्ने बैङ्क तथा वित्तीय संस्थाले प्रत्येक शाखाबाट न्यूनतम पाँच गाहक ऋणी समेटिएको हुनुपर्छ । एकभन्दा बढी बैङ्क तथा वित्तीय संस्थामार्फत मात्र आवेदन गर्दा लघु उद्यम, घरेलु तथा साना उद्यम क्षेत्रका ऋणीलाई समेट्नुपर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ